• देबु बानियाँ
    बुटवल महिला जेसिजको वषे २०१८ को ‘जेसीज सप्ताह’ फरक रुपमा सञ्चालन गरिरहेको छ । जेसीजले यो वर्ष विद्यालयका विद्यार्थीहरुलाई महिला स्वास्थ्य सम्बन्धि जानकारी गराउँदै जेसीज सप्ताह सञ्चालन गरिरहेको छ ।
    साधन महिला विद्यालयबाट सुरु गरेको महिला स्वास्थ्य सचेतना कार्यक्रम अन्तगत दोस्रो दिन सीता मावि चरङ्गेमा सम्पन्न भएको छ । सप्ताहको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विजय घिमिरेले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय उपाध्यक्ष घिमिरेले स्वास्थ्य सम्बन्धि चेतनाको कमिले महिलाहरुले विभिन्न समस्या बेहोर्नु परेको बताए । उद्घाटन कार्यक्रममा बोल्दै सो विद्यालयकी अध्यक्ष सावित्रा अर्यालले बुटवल महिला जेसीजले आफ्नो विद्यालयलाई छनोट गरी कार्यक्रम तय गरिदिएकोमा आभार व्यक्त गरिन् ।
    कार्यक्रमको बारेमा जानकारी दिंदै साताव्यापी कार्यक्रमका मूल संयोजक अनुपमा श्रेष्ठले महिला जेसिजले सामाजिक उत्तरदायित्व बहन स्वरुप जनचेतना मूलक कार्यक्रम आयोजना गरेको बताउंदै आफूरको अभियानमा साथ दिन सबैलाई आग्रह गरिन् ।
    कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम तय गरिएको छ । महिला स्वास्थ्य कार्यक्रमको देवदह मेडिकल कलेजमा कार्यरत का डा. दिक्षा श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गरिरहेकी छिन् ।
    दोस्रो दिनको सीता माविको कार्यक्रमको उद्घाटन गर्दै जेसिजका राष्ट्रिय उपाध्यक्ष विजय गुरुङले महिला जेसिजको अभियानले समग्र देशैभरि राम्रो प्भाव पार्न सक्ने भन्दै संसार धान्ने नारीको स्वास्थ्य सम्बन्धि चेतना जगाउन शुरु गरेको अभियानमा जेसिजको सहयोग रहने प्रतिबद्धता जनाए ।
    वहांले आफू जेसीजमा संलग्न भएपछि स्थापित बुटवल महिला जेसिजले हरेक पटक अत्यन्तै प्रशंसनिय कार्य गरेको देख्दा र आफू पनि उक्त कार्यक्रममा उपस्थित हुन पाउंदा खुशि लागेको बताए ।

    सो अवसरमा बोल्दै विद्यालयका अध्यक्ष महेश थैवले आफ्नो विद्यालय जेसिजको छनोटमा परेकामा धन्यवाद ज्ञापन गर्दै चेतनामूलक कार्यक्रमले विद्यार्थी छात्राहरुमा स्वास्थ्य सम्बन्धि समस्या खुलेर बताउन र समाधानका लागि सहयोग पुग्ने बताए

    कार्यक्रममा बुटवल महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेलले आफूले स्थापना गर्व लागेको बताउंदै महिला जेसिजको हरेक काममा आफ्नो साथ र सहयोग निरन्तर रहने भनाई राखिन् ।

    साताव्यापी कार्यक्रमका मूल संयोजक अनुपमा श्रेष्ठको स्वागत रहेको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै बुटवल महिला जेसीजका अध्यक्ष राधिका पोख्रेलले आफ्नो कार्यकाल अवधिभर सामाजिक क्षेत्रमा गर्न सकिने चेतनामूलक कार्यक्रम गर्ने बताउंदै महिलाहरुले स्वास्थ्य सम्बन्धि ज्ञान प्राप्त गरेपछि स्वास्थ्यको ख्याल राख्ने र समस्या उतपनन भएमा नहिच्किचाई समस्या समाधानमा लाग्ने कुरामा आफू र टीम विश्वस्त रहेको बताइन् ।

    महिला जेसिज २०१८ का महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रममा कार्यक्रमका संयोजक जमुना र्शमाले जेसिज आस्था पाठ गरेकी थिइन् ।





















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…