• काठमाडौँ, साउन ३० । नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई अदालतले थप दुई दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।

    जिल्ला अदालत काठमाडौँले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

    प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण मुद्दामा भोलि सर्वोच्चमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंको तयारी छ ।

    सर्वोच्च अदालतले गत सोमबार हिरासतमा राख्नुको कारण बन्दीसहित उपस्थित गर्न आदेश दिएको छ। नरेन्द्रबहादुर सिंह विकले आइतबार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले यस्तो आदेश दिएको हो ।

    सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो । चन्दा उठाएको स्वीकार गरेका छन् । प्रकाण्ड एक सातादेखि प्रहरी हिरासतमा छन्

    यता प्रहरीका अनुसार प्रकाण्डले चन्दा लिएको स्वीकार गरिसकेका छन् । अनुसन्धान अधिकारी समक्ष बयान दिने क्रममा उनले चन्दा उठाएको नभइ आर्थिक, भौतिक र नैतिक हिसाबले सहयोग लिएको बताएका छन् । ‘हाम्रो पार्टीको नीति नै यही हो’, प्रकाण्डले बयानमा भनेका छन् ।

    विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउन पक्राउ परेका थिए । उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छ ।

    पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकले ७ करोड रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको छ। विभिन्न उद्योग, विद्यालय र व्यापारीबाट चन्दा लिएको समते प्रहरी अनुसन्धानमा देखिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…