• काठमाडौं, ३० साउन । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको मातहतमा रहेको कुनै पनि भवनको नक्सापास नगराई निर्माण गरेको खुलेको छ ।

    शक्ति र धनकै आडमा सरकारी कर्मचारीलाई हातमा लिई विद्यमान कानुनलाई समेत चुनौती दिँदै सीजी कम्पनीले ललितपुर महानगरपालिकामा व्यवसाय दर्ता समेत नगरेको र भवननिर्माण गर्नुपूर्व गर्नुपर्ने कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी भवन निर्माण गरेको ठहर महानगरपालिकाले गरेको छ ।

    विश्वका धनीको सूचीमा अटाएका चौधरीले लामो समयदेखि व्यवसाय दर्ता भए/नभएको प्रमाणपत्रलगायत अन्य भवन निर्माणको कागजपत्र महानगरपालिकाले माग गर्दा दिन नसकेपछि गैरकानुनी तवरबाट लामो समयदेखि सरकारलाई नै चुनौती दिँदै आएको पुष्टि भएको छ ।

    चौधरी ग्रुपद्वारा उत्पादन गरिएका प्रायः सबै खाद्यवस्तुहरु गुणस्तरहीन भएको र खानयोग्य नभएको, त्यसमा पनि वाइवाइ चाउचाउ एक प्रकारको मन्दविष नै भएको भन्दै पटक–पटक समाचार प्रकाशित भएपछि सोहीबारे अनुगनम गर्न पुगेको महानगरपालिकाको टोलीलाई अपमान गरी भित्र छिर्न नदिई फर्काएको थियो ।

    चौधरी ग्रुपका अध्यक्ष चौधरीले सरकारी निकायबाट खटिएको अनुगमन टोलीलाई समेत गेटबाट भित्र पस्न नदिई अवैध कार्यलाई निरन्तरता दिँदै आएको समाचार प्राप्त भएको छ ।

    ढिलो गरी प्राप्त सो समाचारअनुसार चौधरी ग्रुपकै सीजी फुड्स नेपाल प्रालिद्वारा उत्पादित वाइवाइ चाउचाउमा मन्दविषसरहको रसायन प्रयोग गरेको भन्ने समाचार प्रकाशित भएपछि सोबारे यथार्थ बुझ्न गएको महानगरपालिका टोली सबार गाडीलाई बीचबाटोमै रोकी प्रवेशमै रोक लगाएको उच्च स्रोतको दाबी छ ।

    गत चैतको २६ गते अर्थात् अन्तिम साताको मंगलबार महानगरको आर्थिक विकास समितिका संयोजक रवीन्द्र महर्जनको नेतृत्वमा गएको टोलीलाई विनोद चौधरीको ठाडो आदेशमा सिजी फुड्सको परिसरभित्र प्रवेश नै गर्न नदिई गेटबाटै फर्काएको थियो ।

    महर्जनको नेतृत्वमा नगरप्रहरीहरु संगीता अछामी, हिटलर शाक्य, डिल्लीराज शाक्यसहितको टोली अनुगमनको लागि उक्त उद्योगमा पुगेको थियो ।

    अनुगमन जानुपूर्व नै महानगरका केही कर्मचारीले महानगरबाट अनुगमन टोली आउँदै गरेको सूचना चौधरी ग्रुपमा दिएकै कारण र सो कम्पनीमा उत्पादित चाउचाउ र गुणस्तरहीन कच्चापदार्थलाई लुकाउन नभ्याउने भएपछि सो अनुगमन टोलीलाई कम्पनीभित्र प्रवेश नै गर्न नदिई फर्काएको थियो ।

    यसरी चौधरीले सो टोलीलाई भित्र पस्न रोक्न निर्देशन दिएसँगै सो दिनभर कम्पनीका जिम्मेवार व्यक्ति कोही पनि अफिस गएनन् । उनीहरु हरेक जिम्मेवारीबाट पन्छिन खोजिएको अनुगमन टोलीको निष्कर्षसहितको प्रतिवेदन समेत बुझाएको बुझिएको छ ।

    अनुगमन कमिटीका संयोजक महर्जनका अनुसार सीजी कम्पनीले महानगरमा व्यवसाय दर्ता भए/नभएको प्रमाणपत्रलगायत अन्य भवन निर्माणको कागजपत्र समेत देखाउन नसकेको बताएका छन् । वाइवाइको हाल रहेको कुनै पनि भवनको नक्सापास तथा नगरपालिकालाई समेत कर नतिरेको महानगरले जनाएको छ ।

    यसरी चौधरीले सर्वसाधारणदेखि सरकारी ऐन कानुनलाई उमेत उल्लङ्घन गरेको पाएइको हो । चौधरीले वाइवाइ चाउचाउमा तौल थोरै राखेर ठगी धन्धा चलाएको पुष्टि हुँदा समेत चौधरीमाथि कारबाही गर्ने आँट सरकारले गर्न नसकेको देखिन्छ ।

    उनले लामो समयदेखि सर्वसाधारणदेखि उच्च तहसम्म गएर दबाब दिने गरेका छन् । तत्काल खान मिल्ने फास्टफुडको रुपमा परिचित चौधरी समूहको उत्पादन रहेको वाइवाइ चाउचाउको हरेक प्याकेटमा पाँच ग्राम कमी रहेको पाइएको छ । जुनसुकै पसलमा गएर जोख्दा पनि त्यो थाहा हुन्छ ।

    तर राज्यका निकायले चौधरी समूह र त्यसका साहुजी विनोद चौधरीलाई कारबाही गर्नसकेको छैन । विगतमा तत्कालीन नेकपा (एमाले)को कोटाबाट संविधानसभाको सदस्य भएका चौधरीले पछि पार्टी फेरे र पछिल्लोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई मोटै रकम बुझाए र कांग्रेसका तर्फबाट सांसद् बनेको कांग्रेसकै नेताहरुले बताएका छन् । (आर्थिक दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…