• काठमाडौँ ,३० साउन । अघिल्लो पटक सामान्य प्रशासनमन्त्री हुँदा राजप्रसाद सेवाका कर्मचारीहरुलाई निजामती सेवामा मिलान गर्दा लालबाबु पण्डितलाई राम्रो फलिफाप भएको जानकारहरुले बताएका छन् ।

    डिभी, पिआर र विदेशी नागरिकता भएका कर्मचारीहरुलाई कारवाही गर्ने अडान लिएपछि पण्डित सेलिब्रेटी तथा घुस नखाने मन्त्री भनेर चर्चित बन्न पुगेका थिए ।

    तथापि त्यतिबेला पनि नुनको सोझो गरेको चर्चा चलेको छ । साइकल चढेर चुनाव प्रचार–प्रसार गर्ने लालबाबु पण्डित मन्त्री बनेपछि सम्पत्ति विवरणमा ५५ लाख रुपियाँ बैंक व्यालेन्स देखाएपछि चर्चित बन्न पुगेका थिए ।

    संघीय तथा सामान्य प्रशासन मन्त्री बनेपछि टे«ड युनियनलाई खारेज गर्ने र अटेर गर्ने कर्मचारीलाई कारवाही गर्ने डङ्का पिटेर बुरुक्क उफ्रिएका थिए । प्रधानमन्त्री ओलीको लिष्टमा रेडजोनमा परेका मन्त्री पण्डित कर्मचारीहरुको सरुवा–बढुवा र पदस्थापनमार्पmत् शुभलाभ लिने गरेको मन्त्रालय परिसरमा चर्चा चलेको छ ।

    प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सुशासन र समृद्धि अभियानलाई मन्त्री पण्डितले खामबन्दीमार्फत गिज्याइरहेको जानकारहरुले बताएका छन् ।

    खासगरी हटाइएको भनिएका स्वकीय सचिव वसिम आलम, अधिकारीकै टे«ड युनियनका अध्यक्ष पुण्य ढकाल कर्मचारीसँग संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले मन्त्री पण्डितलाई सरुवा मन्त्रीमा परिणत गरेको समाचार सूत्रले जानकारी दिएको छ ।

    ‘मुखमा राम–राम, सरुवामा हाम’ गर्ने गरेका मन्त्री पण्डितले आलम, ढकाल र कोइरालामार्फत  मालपोत, यातायात वैदेशिक रोजगार भन्सारमा जाने कर्मचारीहरुमामार्फत शुभलाभ लिएर धमाधम सरुवा गरिदिने र पैसा नबुझाउने कर्मचारीहरुलाई प्रदेशमा पठाउने गरेको सम्बद्ध स्रोतले बताएको छ ।

    कर्मचारी प्रशासन महाशाखालाई समेत कब्जामा लिएका यी गिरोहले मन्त्री पण्डितको देखावटी सुशासन र इमानदारिता खामबन्दीमा परिणत गरेको समाचारमा उल्लेख गरिएको नयाँ बिर्मशमा उल्लेख छ ।  उनले निर्वाचनमा सिंहदरवार बदल्ने नारा अघि सारेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…