• उर्लाबारी÷२०४६ सालमा पिता भरत खड्गीको निधन पछि एउटा सानो फुच्चे केटो उर्लाबारीको हाटखोला तिर सडक किनारमा कपडाको पसल थापेर बस्न थाल्यो । मात्र १५ वर्षको केटो । भरखर जुँघाको रेखी बस्दै गर्दा ब्यापारमा छिरेको त्यही केटो (प्रीतम खड्गी)यति बेला उर्लाबारी उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पुर्याउँने अभियानका साथ कम्मर कसेर ब्यापारीका घर दैलोमा पुगिरहेको छ ।
    जातले नेवार भए पनि उनी न जातका कुरा गरेर भोट मागिरहेका छन् नत उनको एजेण्डा धर्म नै हो । न उनले छालाका आधारमा मत मागिरेहका छन् न लिङ्ग र समूदायका आधारमा । उनको एक मात्र अर्जुन दृष्टि समग्र उर्लाबारी क्षेत्रको ब्यापारिक समृद्धि र ब्यावसायिक हित मात्र हो । युवा ब्यावसायी प्रीतम खड्गीले भने –उर्लाबारीका आम उद्योगी ब्यापारीको ब्यावसायिक सुरक्षा सबैभन्दा पहिलो एजेण्डा हो । खड्गीलाई उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष बनाउन उर्लाबारी,मंगलबारे र दुर्गापुरी क्षेत्रका ब्यापारी यतिबेला आतुर छन् ।
    खड्गी उर्लाबारी–७ (तत्कालिन उर्लाबारी–४ ) १६ वर्षयता सुन ब्यापारमा संलग्न छन् । सानै उमेरमा ब्यापार ब्यावसायमा संलग्न खड्गी सडक कै ब्यापारबाट आजको अवस्थामा आइ पुगेको बताउँछन् । उनले भने–सडकमा ब्यापार गर्दाको पीडा मैले अनुभूत गरेको छु । उनी ९ वर्ष अघि वाणिज्य संघको महासचिवमा विजयी भएका थिए । त्यस यता निरन्तर उद्योगी ब्यापारीका समस्या र तिनको निदानका लागि क्रियाशील खड्गी सामाजिक अभियन्ता समेत हुन् । उनी भन्छन् – परिश्रम र मेहनतले आज सजिलो सँग घर ब्यावहार चलाउन सक्ने भएको छु ।


    विगतको तुलनामा उर्लाबारी क्षेत्रको ब्यापार केही खस्केकोमा उनी चिन्तित छन् । उनी भन्छन –उर्लाबारीलाई पूर्वी मोरङको ब्यापारिक हब बनाउन सकिन्छ । उनले थपे–एक नगर, एक कृषि पहिचान अन्तरगत उर्लाबारीलाई चिनाउन मह, च्याउ र माछाको ‘जोन’ बनाउन सकिन्छ । हामीले हाम्रो प्रतिवद्धतामा पनि यो विषयलाई उठान गरेका छौं । सुन्दा सामान्य लाग्ने विषय भएपनि मह, च्याउ र माछाले उर्लाबारीलाई राष्ट्रिय स्तरमा परिचय दिलाइरहेको कुरामा दुई मत छैन । प्रत्येक वर्ष उर्लाबारीमा कृषि तथा ब्यापार मेला आयोजना गरी स्थानीय उत्पादन र ब्यापारी बीच सम्बन्ध बिस्तार गर्ने खड्गीको सपना छ । उनी थप्छन–उद्योग वाणिज्य संघ भन्दा कतिपय विषयगत ब्यापारका संघहरू समृद्ध र शशक्त बनेका छन् । त्यसैले सबै विषयगत उद्योगी ब्यापारीहरूलाई यो छाता संगठनमा समाहित गराउन आकर्षक कार्यक्रम ल्याउने खड्गीले बताए ।
    अध्यक्ष जितेपछि पहिलो काम के गर्ने भन्ने जिज्ञाषामा खड्गी भन्छन–‘ साना ब्यापारी,मोची,उखुको जुस पेल्ने,तरकारी फलफुल बेच्ने,बदाम मकै बेच्ने, ठेलामा घुम्ती पसल गर्ने ब्यापारीलाई पालो गरी–गरी संघमा बोलाएर आवद्धता गराउने छु । सक्नेलाई सिधै र नसक्नेलाई विषयगत समूहको सदस्यता लिने नीति बनाउने छु र उनीहरूलाई छाता संस्थामा आवद्ध गराउने छु । उनले नयाँ नयाँ स्रोतको खोजि र नगरपालिकासँग समन्वय गरेर जनशक्ति अभाव भएर संकटमा परेका उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिमको ब्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले थपे– म कर्मकाण्डी कुरा गर्दिन । उर्लाबारीका सयौं सटर आज पनि खाली देखेको छु ।

    घरधनीहरूले घर‘खाली’को सूचना टाँसेर बसेका छन् । लाखौं खर्चेर बनाएरका ब्यापारिक प्रयोजनका घरहरू खाली बस्नु राम्रो होइन ।
    मोरङ सुनचाँदी ब्यावसायी संघका अध्यक्ष समेत रहेका खड्गी ब्यापारीहरू सुरक्षित ढंगले ब्यावसाय गर्ने वातावरण खोजिरहेका छन् । त्यसका लागि म प्रतिवद्ध छु । उनले थपे – एउटा उद्योगीको उद्योगमा सरकारी निकायले वाणिज्य संघलाई सूचना नदिई आएर सिल हान्दा वाणिज्य संघ विज्ञप्ति निकालेर भत्र्सना सम्म गर्न सक्दैन भने यहाँ को उद्योग खोल्न आउँछ ? उद्योग गलत गरिकाले चलाउन सहयोग गर्नु पर्छ भन्ने आसय होइन । तर सत्य तथ्य छानविनका लागि पहल सम्म गरिदिदैन भने किन र के का लागि वाणिज्य संघ चाहियो ? उनले थपे–उधारो प्रतिवद्धता होइन– एउटा ब्यापारीको पसलमा आगो लाग्दा अरु ब्यापारीसँग चन्दा मागेर सहयोग पुर्याउन जान्न । तपाई लेखिदिनुहोस –ब्यापारीलाई उद्योगीलाई आफ्नो ब्यापारको बीमा गर्ने वातावरण तयार गर्छु ।
    २००४ को उर्लाबारी जेसीजका अध्यक्ष एवं नेपाल जेसीजको २००९ को राष्ट्रिय अध्यक्ष बनिसकेका खड्गी हाल लायन्स क्लवको समेत सदस्य छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…