• काठमाडौं;  सरकारले आसन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विम्स्टेक) चौंथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।


    प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको बैठकले विमस्टेक शिखर सम्मेलनको नारा, घोषणा पत्र तयारीलगायतको कामलाई अन्तिम रुप दिएको हो ।

    सदस्य राष्ट्रहरुबीच लगानी र व्यापार प्रवद्र्धन हुने गरी संगठनलाई प्रभावकारी बनाउने गरी सम्मेलनको तयारीलाई अन्तिम रुप दिइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।

    बैठकमा प्रधानमन्त्री एवं विमस्टेक शिखर सम्मेलन मूल तयारी समितिका अध्यक्ष ओलीले सम्मेलनलाई ध्यानमा राखेर काठमाडौंको सडकको मर्मत÷सम्हारको कामलाई तीव्रता दिन मातहतका निकायलाई सचेत गराएका थिए । सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरु आउने भएकाले सडकको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको ज्ञवालीले जानकारी दिए ।

    आसन्न भदौ १४ र १५ मा काठमाडौंमा विमस्टेकको चौंथो शिखर सम्मेलन हुँदैछ । सरकारले सोही सम्मेलनको तयारीको कामलाई तीव्रता दिन मूल तयारी समिति र त्यस अन्तरगतका विभिन्न उपसमितिहरु बनाएको छ । सम्मेलनलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण योगदान दिने गरी तयारीको कामलाई अघि बढाइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले उल्लेख गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…