स्थानीय तहले कर लगाउने तरिका ठीक भएन । जथाभावी लगाएर अधिकारको दुरुपयोग भएको छ । संघीयताकै विरोध हुन थालेको छ ।
त्यसकारण स्थानीय तहले कर जथाभावी लगाउनबाट रोक्न दुईवटा काम गर्नुपर्छ । पहिलो, प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने र छलफल गर्ने ।
छलफलपछि कर जथाभावी लगाउन रोक लगाउने । दोस्रो, कर उठाउन रोक लगाएपछि उनीहरूका योजनामा असर नपरोस् भनेर संघीय सरकारले ‘टोकन मनी’उपलब्ध गराउनुपर्छ ।