गरिबमाथि कर थोपर्ने, किसानमाथि कर लगाउने, यो कस्तो राज्य हो ? राज्यले त विवेकपूर्ण कर लगाउनुपर्छ । तर, अहिले संघीय सरकारको कार्यशैलीले स्थानीय तहसम्मका सरकारलाई प्रभाव पारेको छ ।
वित्तीय आयोग गठन गर्ने, प्राकृतिक स्रोत पहिचान गर्नेसहितका विकल्प खोज्नुपर्नेमा सरकारले न आयोग गठन ग-यो, न अरू विषय अघि बढायो ।
अर्कोतिर स्थानीय तहलाई बजेट पनि पुगेको छैन । केन्द्रले ७१ प्रतिशत र स्थानीय तहलाई २९ प्रतिशत दिने शैली उचित छैन । स्थानीय तहतिर यस्तो हुनुको दोषी संघीय सरकार हो ।