• काठमाण्डु;  भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

    दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान९एम्स० ले एक विज्ञप्ति जारी गर्दै वाजपेयीको उपचारका क्रममा निधन भएको हो ।

    एम्सले जनाएअनुसार बाजपेयीलाई लाइफ सपोर्ट सिस्टम९जीवन रक्षक प्रणाली० मा राखेर उपचार भैरहेको थियो । ९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका थिए । गएको जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजेपेयीलाई अस्पताल भर्ना गरिएको थियो ।

    भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बनेका थिए । वाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री भएका थिए ।

    त्यसपछि सन् १९९८ मा ११ महिनाका लागि दोस्रो पटक प्रधानमन्त्री बनेका वाजपेयी सन् १९९८ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तेस्रो कार्यकाल भने उनले पूरै ५ वर्ष सम्हालेका थिए ।

    वाजपेयीले लोकसभामा दिने गरेका मन्तव्यले के विपक्ष के सत्तापक्ष पूरै मन्त्रमुग्ध हुने गर्थ्यो । जब वाजपेयी लोकसभामा बोल्थे, लोकसभामा एक किसिमको काव्यिक माहोल छाउँथ्यो ।

    वाजपेयीको वाककलाको प्रशंसा गर्दै पूर्व लोकसभा अध्यक्ष अनन्तराम अयंगरले एकपटक भनेका थिए कि लोकसभामा अंग्रेजीमा हिरेन मुखर्जी तथा हिन्दीमा अटल बिहारी वाजपेयीजस्तो राम्रो वक्ता कोही पनि थिएन ।

    भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ । अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…