• काठमाडौँ, भदौ १ । सुन तस्करी प्रकरण र सनम हत्या काण्डका तीन प्रतिवादीलाई उच्च अदालत विराटनगरले थुनामुक्त गर्न अस्विकार गरेको छ ।

    तस्करी प्रकरणका अभियुक्त तक्ले भन्ने पुण्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङ्गे र राजन कुमारलाई अदालतले थुनामुक्त गर्न अस्विकार गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिंहको इजलासले लामा र तोलाङगे तथा न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषीराम दुवाडीको इजलासले बिहीबार अन्तिम आदेश दिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका लामा र तोलाङगे सुन ओसारपसारमा संलग्न रहेको मुद्दा लागेको छ भने राजन कुमारलाई सनम शाक्यको हत्यामा प्रत्यक्ष संलग्न रहेको अभियोग छ ।

    थुनामुक्त भइ मुद्दा लड्न पाउँ भन्दै उनीहरूले दिएको निवेदन उपर बिहिबार अदालतले कारागारमै बसेर मुद्दा लड्न आदेश दिएको हो ।

    यी तीनै जना जिल्ला अदालत मोरङको आदेशमा हाल पूर्पक्षका लागि झुम्का कारागारमा छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…