• दिनेश खप्तडि" खप्तडि' काठमाडौं। सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्वको अवसरमा सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया तथा जोहोर राज्यको पहिलो प्रस्तुतिमा राष्ट्रिय कलाकारहरुको साथमा गरौ पर्व तथा सांस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । नेपाली राष्ट्रिय कलाकारहरू ल्याएर कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले बताएको छ ।



    भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गछन् ।महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउर्ने गछन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
    सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् ।

    साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुको भनाइ छ । सोही दिन महिलाले प्रसा। गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् । दका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।
    गरौ पर्व तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु, चर्चित, लोकप्रिय गायक चक्र बम , लोकप्रिय तथा निकै राम्री सयौं गितमा आवाज दिएकि सबैले रुचाएकि मोडल भन्दा कमि नहुने गायिका रेखा जोशी, लोक गायिका पछिल्लो समयमा चर्चित हुन सफल सोनिया डिसि, गायक तथा मोडल प्रचना अधिकारी लगायतका कलाकारहरू उक्त कार्यक्रममा जाने भएका छन् ।

    साथै स्थानीय सबैले रुचाएका करिव दुई दर्जन बढी कलाकारहरुको बेजोड प्रस्तुति जस्मा सफल गायक मोडल तथा कार्यक्रम उदघोष अशोक बिसी, अस्मिता शर्मा, मोडल तथा डान्सर हरु जिबि खड्का, अर्जुन रावल, सन्दिप बस्नेत,सिमा बिसि,सोनम लामा,राज बिसि,जनम बुढा क्षेत्रि,मोडल सुरज प्रकाश ठगुन्ना, गायक तथा कमेडियन कैलाश साउद, खेलाडी कुशल डान्सर तथा सु.प समाज मलेसियाका केन्द्रिय उपाध्यक्ष तुलाराम धामी,स्थानीय देउडा गायक तथा समाजका केन्द्रिय कोषअध्यक्ष गोकर्ण देब भट्ट,समाजका केन्द्रिय सचिब पुर्ण बहादुर बिष्ट,सदस्य कृष्ण बोहरा ,समाजका सस्थापक तथा प्रमुख सल्लाहकार टेक बहादुर बुढा,समाजका केन्द्रिय अध्यक्ष समिर मल्ल,समाजका सदस्य तथा अन्तर्राष्ट्रिय खेलाडी भिम महर ,समाजका सल्लाहकार तथा NRNA मलेसियाका बरिस्ठ उपाध्यक्ष व्यावसायि टेकराज धिक्त, समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिनेश खड्का 'खप्तडि' समाजका केन्द्रिय उपाध्यक्ष चक्र मल्ल समाजका संरक्षक प्रकाश देव भट्ट, गायकहरु मिन चुनारा, गायकहरु रमेश साउद, रमेश आशिष, हिमसागर लिम्बु,श्यामसङ बिसी, नवराज डडाल ,बसन्त बस्नेत, गायक तथा सर्जक डम्बर बिश्वकर्मा, गायक सत्यराज जप्रेल, लगायत को सहभागी रहने समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिनेश खप्तडिले जानकारी दिनुभयो ।

    मलेसियाको जोहोरबारु राज्यमा हुन लागिरहेको कार्यक्रमका प्रमुख प्रायोजकका रुपमा व्यवसायी युवराज बम हुनुहुन्छ भने सहयोगिहरु दिप ज्योति रेष्टुरेन्ट के एल, उग्रतारा रेष्टुरेन्ट केएल,दाजु भाई रेष्टुरेन्ट सेनाई जोहोर, भेटघाट रेष्टुरेन्ट जोहोर,द गोर्खाली रेष्टुरेन्ट श्रीभाग्य जोहर, आर के ग्रुप अप कम्पनी जोहोर,न्यु उग्रतारा रेष्टुरेन्ट काजाङ, दिप ज्योति शपिङ सेन्टर,केएल,मास हुमन रिसोर्ट प्रालि काठमाडौं,Harry cusine johar,भिम महर केएल, देवराज निरौला शाहआलाम लगायत को सहयोग रहेको छ । गरौ पर्व तथा सांस्कृतिक मलेसियाको जोहोरबारु स्थित होटल श्रीमलेसीया लारकिङ को सभा हलमा सेप्टेम्बर २ आईतबार स्थानीय समय अनुसार बिहान 10 बजेबाट कार्यक्रम सञ्चालन हुने बताएको छ ।

    गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । गौरा पर्वलाई एकताको पर्वका रुपमा पनि लिइन्छ ।

    अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।

    प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उहाँकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ । पछिल्ला केही वर्षयता देशको राजधानीमा समेत देउडाले लोकप्रियता पाउँदै गएको छ ।
    बसाइँ सराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने देउडाप्रति सबैको आकर्षण बढेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…