• देबु बानियाँ
    झापा । बुटवल महिला जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ । महिला जेसीजले एक साताभरि विभिन्न सामुदायिक विद्यालयहरुमा छात्राहरुका लागि महिला तथा प्रसुती रोग विशेषज्ञको सहजीकरणमा स्वास्थ्य सम्बन्धि जानकारी प्रदान गरेर जेसी सप्ताह मनाएको हो ।
    समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण खनालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्ञान दिएर जेसीजले गरेको कार्यको प्रशंसा जति गरेपनि कम हुने बताउंदै समाजमा हुने परिर्वतनका लागि समयमै गरिएको अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
    सो अवसरमा बोल्दै देवदह मेडिकल कलेजका प्रिन्सिपल डा. रेशम रानाले जेसीजले स्वास्थ्यकर्मीको काम निर्वाह गरेको भन्दै यस्ता कार्यक्रममा सहयोग गर्न आफू र आफ्नो संस्था सदैव तयार रहेको बताउनुभयो ।

     

    कार्यक्रममा बुटवल जेसिजका अध्यक्ष यमप्रसाद तिवारीले महिला जेसिजले गरेको अभियानले समग्र जेसिजको प्रशंसा भएकोमा खुशि व्यक्त गर्दै मातृ संस्थाका नाताले महिला जेसिजका कार्यक्रममा आफ्नो तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै बुटवल महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेलले संस्था जन्माउनु ठूलो कुरा नभएको भन्दै त्यसलाई टीकाईराख्नु र समाजमा परिचित गराउनु महत्वपूर्ण रहेको भनाई राख्नुभयो । वहांले महिला जेसिजमा आबद्ध हरुलाई देश र समाजप्रति केही गर्न सक्ने नागरिक बन्न सुझाउनुभयो । साताव्यापी कार्यक्रमका मूल संयोजक अनुपमा श्रेष्ठको स्वागत रहेको कार्यक्रममाधन्यवाद ज्ञापन गर्दै महिला जेसिजका अध्यक्ष राधिका पाख्रेलले यो कार्यक्रमले समाजका हरेक महिलाको स्वास्थ्य समस्या समाधान नभएपनि समस्या समाधानको उपाय भने सिकाएको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यमा आफ्नो संसथा सक्रिय भएर लाग्ने बताउनुभयो ।
    कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका प्रअ तथा विद्यार्थी र कार्यक्रम अवधीभर संयोजकको भूमिका निर्वाह गरेका सदसयहरुलाई सम्मान समेत गरिएको थियो । महिला जेसिजका महासचिव लक्ष्मी थापाको संचालनमा सम्पन्न भएको कार्यक्रममा महिला जेसिज सिद्धार्थनगरका अध्यक्ष विन्दु काफ्ले, भलवारी जेसिजका अध्यक्ष गोविन्द पंगेनी,महिला जेसिजका आजिवन सदस्यहरु कल्पना श्रेष्ठ,मिना केसी, पूर्व अध्यक्ष हरु कल्पना जोशी,राजुदेवी खनाल, मन्जु पराजुली, मन्जु भुषाल निर्वतमान अध्यक्ष रुपा पाण्डे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी र महिला जेसिजका पदाधिकारी एवमसदस्यहरुको उपस्थिती रहेको थियो ।
    स्मरण रहोस जेसीजको सप्ताहमा एकै प्रकृतिको कार्यक्रम तर, सामाजिक रुपमा अत्यावश्यक र जीवन उपयोगी कार्यक्रम यो नै पहिलो हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…