• दिनेश खड्का
    भाद्र ०३, विराटनगर
    विराटनगर ट्राफिक चौकस्थित तत्कालीन वडा प्रहरी कार्यलय र साविकको जिल्ला ट्राफक कार्यलयको अफिस अघिनै दिनहु ठगी धन्दा हुने गरेको छ । विभिन्न समाजीक कार्यक्रम गराउने नाममा पेन किनेर सहयोग गरिदिन भन्दै यात्रीहरुलाई ठगी गर्ने एक गिरोह नै त्यहा सक्रिय भेटिन्छ । उनीहरुले त्यस क्षेत्र आसपास हिड्ने यात्रीलाई निकै बाध्य पारेर दश रुपैयाको पेन १ सय रुपैयासम्म किन्न बाध्य पार्दछन् ।
    तर पने बेचर संकलीत भएको रकम कुनै पनि सामाजीक कार्यमा लाग्ने नगरेको उनीहरुको व्यवहारले पुष्ठी गरेको छ । त्यस गिरोहले यात्रीको उमेर लिङ र हाउभाउ हरेर उनीहरुसंग मेलखादो बहाना पार्दै पेन बेच्ने गरेका छन् । रातोकलमको टोलीले उनीहरुको वार्ता सुनिरहदा एक बुढी महिलालाई उनीहरु भन्दै थिए '' म फलानो संस्थावाट हो आमा, हामी तपाईहरु जस्तो बुढी आमाहरुको लागी बृद्धा आश्रम बनाउदै छौं, सहयोग गरिदिनु पार्यो ।''  त्यस्तै पत्रकारको परिचय नखोली ग्राहक बनी पेन किन्न गएको राताकलमकै एक सदस्यलाई त्यो गिरोहका सदस्यले भने  ''दाई, हामी युवाहरुको लागी अवेरनेस पोग्राम गर्दैछौं, दुईटा पने किनदिनुपर्यो, अन्ली टु हन्ड्रेड रुपिज ।''

    संवाद :

    रातोकलम सदस्य : भाई , के को सचेतनात्मक प्रोग्राम गराउन लाग्नु भा हो ?
    ठग : (अकमकिदै) दाई, हाम्रो धेरै छ प्रग्रामहरु भनेर साध्य छैन् । यो दुईओटा पने लिईदिनुन ।
    रातोकलम सदस्य : तै पनि के काममा मैलै दिने रकम लाग्ने रैछ भन्ने त थाह पाउनु पर्यो नि ।
    ठग : (कुरा टार्न खोज्दै), हामी युवाको जिवनमा परिवर्तन ल्याउने खाल्को कार्यक्रम गर्छौ । अब चै पलिज पेन लिईदिनु दाई ।
    रातोकलम सदस्य : ल ठिकै छ, म पेन चै किनदिन तर म तपाईलाई १० हजार सहयोग गर्न चाहन्छु । त्यही कार्यक्रममै आएर ।
    ठग : पर्दैन, हामी त्यस्तो खाले सहयोग लिदैनौं, बरु यही २ वटा पने किनदिए पुग्छ ।
    रातोकलम : म त्यहा आएरै सहयोग गर्दा के बिग्रिन्छ । बरु कार्यक्रम चै कहा र कहिले गर्न लाग्नु भा भन्नुस् । म आउछु ।
    ठग : (रातो अनुहार पारेर अकमकीदै) : दाई, कार्यक्रम त काठमाडौंमा हुन्छ , दुईटा यो पेन लिनु न किन प्रोग्राम आउनु हुन्छ त्यती टाढा ?

    धैरे बेरको संवादपछि , उनीहरुले हामीलाई कन्भिन्स गर्न छोडिदिए । त्यस लगतै एउटा युवतीलाई एक्सयुज मि मिस भन्दै तानेर सडकको पेटीमा ल्याए र दुईवटा पेन किन्न बाध्य पारे । हामीले ती युवतीलाई सोध्यौं : तिनीहरुले पैशा कहा खर्च गर्ने हो भनेर सोध्नु पनि भएन ? केहि नबुझी १० रुपैयाको पेन १ सय रुपैयामा खरिद गर्नु भो । उनीहरु ठग पनि त हुनसक्छन् नी ?
    ती युवतीले रातोकलमलाई भनिन् ''दाई ठग हुनसक्छन् होईन पक्का ठग नै हो भन्ने कुरा मलाई राम्ररी थाह छ । तर के गर्ने यहा पुलिस स्टेशनको अगाडी नै बसेर ठगी रा'छन पुलिसलाई केहि मत्लब छैन्, हामी सामान्य नागरिक के गर्न सक्छौ र ? त्यही माथी उनीहरुको किचकचि राम कस्तो हुन्छ, तपाईले देख्नुनै भयो होला । मेरा आमा अस्पतालमा एडमिट हुन्छुन्छन् अब उनीहरु संग ल्याङल्याङ गरी बस्नु की के गर्नु आफै भन्नु न ?''
    त्यस्ता गृरोह विराटनगरमा मात्रै नभई प्रदेशभरी नै सक्रिय रहेको छ । मुख्य त प्रदेशको विराटनगर, ईटहरी, धरान, विर्तामोड, दमक जस्ता ठुलठुला सहरमा उनीहरुले आफनो ठगी धन्धा फैलाएको पाईएको छ । यता तिर पनि प्रहरी प्रशासन र सरकारको ध्यान जान जरुरी देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…