नवलपुर । नवलपुर जेसीजको आयोजना नवलपु्र एफ एम र लायन्स क्लब अफ कावासोतीको सहकार्यमा कावासोतीको लुम्बिनी आवासीय मा वि को सभाहलमा पब्लिक स्पिकीङ सम्बन्धि अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । युवाको नेतृत्व विकास र व्यक्तित्व विकासका लागी आयोजना गरिएको कार्यक्रमको प्रशिक्षण रमेश अर्यालले दिनुभएको थियो ।नवलपुर जेसीज बर्ष २०१८का अध्यक्ष त्रिभुवन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुर जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कृष्ण चन्द्र पोख्रेल प्रमुख अतिथी रहनुभएको थियो ।प्रमुख अतिथी पोख्रेलले यस प्रकारका कार्यक्रमले युवाको नेतृत्व तथा व्यक्तित्व बिकाशमा ठुलो टेवा पुग्ने हुनाले यस्ता कार्यक्रम स्थानिय त अन्तर्गत नै ल्याउनु पर्ने आवश्यक भएको हुनाले यसमा आफु सक्दो पहल गर्ने बताउनु भयो ।कार्यक्रममा विभिन्न विद्यालय , कलेजका प्रतिनिधित्व गर्दै करिब ३५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथी लायन्स क्लबका जोन चियर पर्सन यमकला बस्याल रहनुभएको थियो ।त्यसैगरी जेसीजका इपीपी जेसी कृष्ण प्रसाद अर्याल, जेसी ओमकार घिमिरे,जेसी प्रकाश बास्ताकोटी,लगायतको उपस्थिती रहेको थियो ।