• उर्लाबारी । दिर्घकालिन नदी नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले आज मोरङको उर्लाबारी नगरपालिका वडा नं.९ को फाइबिली टोलमा बृक्षारोपण गरिएको छ ।
    उर्लाबारी युनिर्भसल युथ ग्रुपको सक्रियतामा त्यस क्षेत्रमा मसला, टिक, खयर र कल्ली जातका करिब दुई हजार बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रम उद्घाटन गर्दै उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले बोट विरुवाले नदी नियन्त्रणका साथै वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउनुभयो । फागोले यस किसिमका सामाजिक कामका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नगरपालीकाकी उपप्रमुख लक्ष्मी भण्डारीले पनि सामाजिक कामका लागि युवा वर्गलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो ।

    वृक्षारोपण कार्यक्रममा उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्की, ९ का वडाध्यक्ष बमबहादुर फियाक, शिक्षक, विद्यार्थी, सामाजसेवी, राजनीतिकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । मावा नदी नियन्त्रण गर्ने उद्देश्यले त्यस क्षेत्रमा वृक्षारोपण गरिएको हो । सेक्टर बन कार्यालय मंगलबारे र राजघाट जनकल्याण मञ्चले विरुवा सहयोग गरेका थिए । युनिर्भसल युथ ग्रुपका अध्यक्ष सुनिल धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…