• उर्लाबारी ।  ‘मिस उर्लाबारी’ दोस्रो संस्करणको शनिबार भएको दोस्रो अडिशनबाट १३ जना युवतीहरु छनौट भएका छन् । यसअघि भएको पहिलो अडिशनबाट ७ जना छानिएका थिए । सेन्ट्रल फेशन हव उर्लाबारी र अलराउण्ड डान्स सेन्टर उर्लाबारीको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिताको बन्द परिक्षण यसैसाताबाट सुरु हुने आयोजकका अध्यक्ष जीवन चिमरियाले बताए ।

    व्यक्तित्व विकास र किशोरीहरुमा लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्नका लागि मिस उर्लाबारी आयोजना गरिएको उनको भनाई छ । प्रतियोगिताको विजेतालाई नगद ५० हजार, छात्रवृत्तिसहित आकर्षण पुरस्कार प्रदान गरिने छ । त्यस्तै, फष्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः नगद ३० र २० हजारसहित छात्रवृत्ति र आकर्षण पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा १६ बर्षदेखि २५ बर्षसम्मका किशोरी÷युवतीहरुले सहभागीता रहेको छ । प्रतियोगीहरुलाई कोरियोग्राफर प्रमिशा बज्रचार्यले प्रशिक्षण दिने छिन् । उर्लाबारी नगरपालिकासँग साझेदारी गरी मिस उर्लाबारीलाई विभिन्न सामाजिक कार्यको साथै उर्लाबारीको पर्यटकीय क्षेत्रको पहिचानका लागि सहभागी गराइने जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…