• काठमाडौं, भदौ ३ । इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८ औं संस्करणको एसियन गेम्समा नेपालले आज (आइतबार) ९ खेलमा प्रतिस्पर्धा गर्दैछ  ।

    इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा जारी एसियन गेम्सको दोस्रो दिन नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि शनिबार जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।

    नेपालले आइतबार तेक्वान्दो, कुस्ती, फुटबल र ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षक विभाग निर्देशक एवं अफिसियल रिमबहादुर रानाभाटले जानकारी दिए । यस्तै उसु, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा समेत नेपालले प्रतिस्पर्धा गर्ने रानाभाटले जानकारी गराए ।

    आगामी भदौ १७ गतेसम्म हुने एसियन गेम्समा ४५ देशका ११ हजार ५ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने छन् । जसमा  ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेमबाङमा हुनेछ।

    नेपालबाट २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल गरी कुल २ सय ८५ जनाको सहभागिता रहेको छ । नेपालबाट १ सय ८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र १ दोभाषे इन्डोनेसिया गएका छन् ।

    प्रतियोगिताको उद्घाटनको दौरान भएको मार्चपासमा नेपालको झण्डा १० औं दक्षिण एसियाली खेलकुदमा एक मात्र स्वर्ण विजेता भारोत्तोलनका कमल बहादुर अधिकारीले बोकेका थिए । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विकले गरेका थिए । यस्तै नेपालका सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…