• विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउन माग गरेका छन् । उनले नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा जनतालाई मार पर्ने गरि कर वृद्धि गर्न नदिने पनि स्पष्ट पारे । उनले स्थानीय तहमा जथाभावी कर बृद्धि गरिएकाले जनतालाई मार पर्ने काम गर्न नदिनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला बोलाएको जानकारी दिए।

    उनले विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

    कोइरालाले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे। महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए। उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…