• उर्लाबारी । आरम्भ नाट्य डबली पुर्वमै यतिवेला सक्रिय रुपमा देखिएको छ । पुर्वमा आफ्नो पहिचान बनाउदै आएको आरम्भले दुवै मृगौला खराब भएर उपचारको क्रममा रहनुभएका पुर्वका रंगकर्मी एवं पत्रकार प्रविन राईलाई नगद रु १०,०००( दश हजार) सहयोग गरेको छ । आदरणिय समाजसेवी एवं अग्रज व्याक्तित्व आरम्भ नाट्य डबली रतुवामाईका संस्थापक अध्यक्ष हाल कतारमा कार्यरत प्रेम भण्डारीको मुख्य सहयोगमा आरम्भ नाट्य डबली रतुवामाईले सहयोग गरेको थियो । विगत केही समयदेखी दुवै मृगौलामा खराबी देखीएपछि राई उपचारको क्रममा हुनुहुन्छ । आरम्भ नाट्य डबली रतुवामाईको टोली राईलाई सहयोग गर्न धरान स्थित राईकै निवास पुगेको थियो । रााईलाई संस्थाकी अग्रज सदस्य दुर्गा भण्डारी लगाएत अध्यक्ष समिर सुवेदी,उपाध्यक्ष समिन बराल, सचिव नानु पौडेल लगाएतको टोलीले रकम हस्तान्तरण गरेको थियो । राईलाई उपचारका लागि विभिन्न संघ संस्थाबाट सहयोग जुटिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…