• काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ।

    आइतबारराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन  आन्तरिक उडानतर्फ  ४ रुपैयाँ ५० पैसा तथा हवाई इन्धन वाह्य उडान मा प्रतिहजार लिटरमा ५० अमेरिकी डलर वृद्धि गरेको हो।

    नयाँ मुल्य अनुसार अब पेट्रोल प्रति लिटर १  सय ११  डिजल  तथा  मट्टीतेल ९५ हवाई  इन्धन  आन्तरिक  उडानतर्फ १ सय ४ रुपैयांँ ५० पैसा  तथा  हवाई इन्धन  वाह्य उडान तर्फ प्रतिहजार लिटरको  मुल्य १ हजार १ सय २५  डलर  पुगेको छ। निगमले ग्याँसको मुल्य भने यथावत राखेको छ।

    नयाँ मुल्य लागु भएपछि निगमलार्इ पेट्रोलमा प्रतिलिटर ६५ पैसा फाइदा हुनेछ भने डिजलमा ७० पैसा घाटा हुनेछ। यस्तै ग्याँसमा भने प्रति सिलिण्डर २ सय ८० रूपैयाँ ६४ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ।

    स्वतः संचालित मूल्य संरचना अनुरुप पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको निगमले बताएको छ।

    निगमले विभिन्न तथ्यांक पेश गर्दै १५ दिनमा २५ करोड घाटा भएको जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…