• काठमाडौं, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पुर्व मन्त्री खड्बहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले तीन दिनको म्यादसहित अनुसन्धानका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई अनुमति दिएको छ ।

    शुक्रबार सर्वोच्च अदालत परिसरबाटै पक्राउ परेका विश्वकर्मालाई अदालतले प्रहरीले मागेअनुसारकै म्याद दिएको हो । ‘यसअघि पनि उक्त पार्टीका दुई जना पोलिटब्युरो सदस्य एउटै अपराधमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको छ’, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले भने, ‘उहाँहरुको म्याद पनि सोमबार थप्नुपर्ने भएकाले विकलाई पनि एउटै म्यादभित्र समायोजन गर्ने गरी सो म्याद मागिएको हो ।’

    यसैबीच उनीमाथि तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । गैरकानूनी थुनामा राखिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइएको अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

    प्रहरीले विश्वकर्मालाई जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्वर ६ चौकीडाँडा स्थित कुन्साङ्ग लामा लगायतले संचालन गरेको क्रसर उद्योगमा ६०–७० जनाको अपरिचित नकाब लगाएको समुहले टिपर र स्काभेटर समेतमा आगजनी गरी ३ करोड बराबरको क्षति पु-याएको र सोहि स्थानमा कुकर बम समेत फेला पारेको अभियोग लगाएको छ ।

    विश्वकर्माबाट बरामद भएको डायरीमा कुन्साङ्गको क्रसर आगलागीबाट १० करोडभन्दा धेरै क्षति भएको उल्लेख गरिएको प्रहरीले मुचुल्का तयार गरेको छ ।

    कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका ६ घर भएका विश्वकर्मा पुर्व पर्यटन मन्त्री हुनुहुन्छ । यसअघि सोहि पार्टीका पोलिटब्युरो सदस्यद्धय कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जिवन्त’ लाई काठमाडौँको बालाजु प्रहरी चौकीबाट धुलिखेल ल्याइएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…