• काठमाडौं, ४ भदौ । सरकार नै संघीयतालाई कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा लागेको नेपाली कांग्रेसले आरोप लगाएको छ । साथै कांग्रेसले न्यायालयलाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउने प्रयास गरेको आरोप पनि लगाएको छ ।

    समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपाली कांग्रेसले वर्तमान सरकारले स्थानीय तहमा कर आतंक मौलाइरहेको बेलामा पनि सिंहदरबार मौन बस्नु आश्चर्यजनक भएको जनाएको छ ।

    चौबीसै घण्टा सुशासनको नारा जपिरहने वर्तमान सरकारको चर्को आलोचना गर्दै कांग्रेसले विश्वविद्यालयका उपकुलपतिमाथि अपमानजनक ब्यवहार, सुन प्रकरणमा भनिएका ठूला माछाको उन्मुक्ति, अनि भ्रष्टाचारको सत्ता संरक्षित विकेन्द्रीकरणले कम्युनिष्ट सरकारको सुशासनको चित्र प्रष्ट्याएको प्रतिक्रिया दिएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार पत्रकार सम्मेलन गरी समसामयिक राजनीतिबारे कांग्रेसको धारणा सार्वजनीक गर्दै हिजो सर्वहारा वर्गको नारा लिएर अघि बढेको वर्तमान सरकारले सर्वहारा वर्गलाई राहतभन्दा पनि चर्को मल्य वृद्धिको उपहार दिएको आरोप लगाए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गत फानुन ३ गते गठन भएको वर्तमान सरकारले हिजो ६ महिना पुरा गरेको थियो । सरकारले ६ महिने मुल्यांकनमा धेरै राम्रा काम भएको भनि आशाबादी बनाइरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निराशावादी चित्रण गरेको हो ।

    राष्ट्रियताको मुद्दालाई मुल्यांकन गर्दै कांग्रेसले भनेको छ– ‘उग्र राष्ट्रवादको कारुणिक विसर्जन ।’ निर्वाचनमा मैदानमा मत माग्दै गर्दा उग्र राष्ट्रवादको लहरले ठूलो प्रभाव पारेको थियो तर सरकार गठनको केही महिना नपुग्दै त्यसको सम्पूर्ण रंग बदलिन पुगेको कांग्रेसको ठम्याइ छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…