• काठमाडौं, ३ भदौ । सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ ।

    ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ ।

    तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ । रक्सौल नाकामा पेट्रोल ६२ रुपैयाँ ७० पैसामा किनेर ११० रुपैयाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६ लाख नाफा हुनेछ ।

    त्यस्तै, हवाई इन्धनमा भने २२ करोड ६७ लाख नाफा हुनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…