• उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले नगर क्षेत्रको बिभिन्न स्थानमा भएका विकास निर्माणहरुको आइतबार अनुगमन गर्नुभएको छ । गत आर्थिक बर्ष २०७४÷०७५ मा नगर क्षेत्रमा सम्पन्न भएका सडक स्तरोन्नती र कल्भट निर्माणको उहाँले अनुगमन गर्नुभएको हो । विकास निर्माणका क्रममा पारदर्शिपूर्ण तरिकाले काम भए÷नभएको यथार्थता बुझ्न नगर प्रमुख फागोले अनुगमन गर्नुभएको हो ।

    त्यसक्रममा फागोले उर्लाबारी–८ को दुर्गापुरीदेखि मेरी टोल हुँदै आमबारी बजार पुग्ने स्तरन्नोति गरिएका एक किलो मिटर सडक, उर्लाबारी–३ स्थित शिवालय मार्गदेखि धनलक्ष्मी मार्ग हुँदै संगम मार्ग साथै शान्ति मार्ग जोड्ने स्तरन्नोति गरिएका एक किलो मिटर सडक, उर्लाबारी–४ स्थित भानु आधारभुत मावि दक्षीण सत्संग भवन पूर्व लक्ष्मीनारायण मन्दिरसम्म जाने स्तरन्नोति गरिएका एक हजार पचपन्न मिटर सडक, उर्लाबारी–२ स्थित कटहरेदेखि नलबारी जाने स्तरन्नोति गरिएका एक हजार पचासी मिटर सडक, देवीझोडा बक्स कल्भट, कटहरे कल्भट र उर्लाबारी–७ स्थित राधिका माविको कम्पाउण्ड वालको अनुगमन गर्नुभएको थियो । अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला पनि उपस्थित हुनुहुन्थ्यो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…