• बिर्तामोड, भदौ २। पृथ्वीमा बढ्दो तापमान सन्तुलनको सन्देश दिदै वातावरण संरक्षणमा टेवा पु¥याउन वीरता जेसीजले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
    अर्जुनधारा–११ स्थित प्रगति सामुदायिक वनको क्षेत्रमा जेसीज वनसँगै रहेको खाली भू–भागमा वृक्षरोपण गरिएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष जयनारायण ढुंगानाले वृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
    कार्यक्रम संयोजक संस्थाका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले स्वागत तथा वातावरण संयोजक वीरबहादुर दर्नालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा आस्थावाचन कार्यकारिणी उपाध्यक्ष मिक्की कार्कीले गरेका थिए । महासचिव कमलप्रसाद पाण्डे विनोदले सञ्चालन गरेको कार्यक्रममा जेसीआई मिसन र भिजन वाचन दुर्घटना न्यूनीकरण संयोजक कमल श्रेष्ठले गरेका थिए ।
    जिल्ला वन कार्यालय झापाको सहयोगमा टिक, मलेसियन साल, मसला लगायत विभिन्न जातका एक सय बढी बिरुवा उक्त क्षेत्रमा रोपिएको हो । वीरता जेसीजले यसवर्ष आफ्ना कार्यसमिति तथा संयोजक एवम् सदस्यहरुको जन्मदिन फरक ढंगले मनाउने कार्यको थालनी गरेसँगै शाखा सम्पादक तुलसीप्रसाद निरौलाको जन्मदिनको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
    जन्मदिनको अवसरमा निरौलाले आफै संयोजक रहेर कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा बन्दी सहायता नेपालका पूर्वाञ्चल संयोजक जगतबहादुर मगर, प्रगति सामुदायिक वनका उपाध्यक्ष तेजप्रसाद सुवेदी, नेपाल दलित संघ केन्द्रीय सदस्य हस्त परियार, जुनकिरी आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, उक्त विद्यालयका अध्यक्ष तीर्थबहादुर राई, अर्जुनधारा –११ का वडासदस्य मोहन योगी, प्रगति युवा क्लवका अध्यक्ष नरबहादुर विश्वकर्मा, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता विमली, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव ओमकृष्ण विमली, पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाल, वीरता जेसीजका निर्वतमान अध्यक्ष सञ्जु भारती, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराई, उपाध्यक्ष कामना उप्रेती, स्वाथ्य संयोजक स्वस्तिका आचार्य, रेड स्टार फुटबल क्लवका अध्यक्ष राजकुमार विश्वकर्मा, विश्वास कृषि फर्मका सञ्चालक डम्बर चौधरी, कनकाई एजुकेशन फाउण्डेशनकी संस्थापक अञ्जना ढुंगाना लगायतको आतिथ्य रहेको थियो ।
    बिर्तामोडबाट पूर्वउत्तर करिब तीन किलोमिटर दुरीमा रहेको उक्त क्षेत्रमा रहेको खाली भू–भागमा जेसीजले गरेको वृक्षरोपणबाट बढ्दो शहरीकरण भइरहेको अवस्थामा वातावरण सन्तुलनमा महत्वपूर्ण टेवा पुग्ने सहभागीहरुले बताएका छन् । वातावरण सन्तुलनका लागि हरियाली बढाउनुपर्ने र त्यसका लागि वृक्षरोपणको विकल्प नभएकोले जेसीजले गरेको कार्य प्रसंशनीय भएको उनीहरुको भनाइ थियो ।
    जेसीजले झंै अरुले पनि वातावरण संरक्षणका लागि वृक्षरोपण लगायतका अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । उक्त क्षेत्रमा भएको वृक्षरोपणको संरक्षणका लागि जेसीजसँगै प्रगति सामुदायिक वन, बन्दी सहायता नेपाल, जुनकिरी विद्यालय तथा स्थानीयबासी अग्रसर हुनुपर्ने समेत सो अवसरमा सुझाव दिइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…