• देबु बानियाँ

    सुनवल ।  संघियतापछि थप भएका वडाहरुलाई समेट्दै सुनवल नगरपालिकालाई बालमैत्री स्थानीय तह नगरपालिका घोषणा गरिएको छ ।
    सुनवल नगरपालिका वडा नम्बर १२ मा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले सुनवल नगरपालिकालाई बाल मैत्री नगरपालिका भएको घोषणा गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री पोखरेलले सुनवल नगरपालिकाले गरेको अभियानको प्रशंसा गरेका थिए । उनले अबका दिनमा यस नगरपालिकाका सबै बालबालिकाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा थप उत्साहका साथ सदुपयोग गर्दै आगामी दिनमा यहाँका बालबालिका अन्य क्षेत्रका बालबालिका भन्दा फरक हुने बताए ।
    सोही अवसरमा रामनगर जेसीजले ग्रीन रामनगर अन्तरगतको अभियानलाई निरन्तरता दिँदै दोस्रो चरणको वृक्षारोपण समेत गरेको थियो । यस क्षेत्रलाई स्वच्छ तथा हराभरा क्षेत्र बनाउने अभियानका साथ सुनवल नगरपालिकाको सहकार्यमा सुरु गरेको अभियानलाई थप सहयोग गर्दै जाने सुनवल नगरपालिकाका कार्यकारी प्रमुख भीमबहादुर थापाले बताए ।
    सुनवल नगरपालिका क्षेत्रलाई सरसफाइ, बालश्रम तथा मानव वेचविखनको सचेतनामुलक कार्यक्रम गदै आएको रामनगर जेसीजलाई सो अवसरमा सम्मान गरिएको थियो । रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाईलाई कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री शंकर पोखरेले सम्मान गरेका थिए ।
    कार्यक्रम सुनवल नगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर थापाको अध्यक्षतामा सप्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…