• धुालावारी । मेचीनगर महिला जेसीजले आयोजना गरेको १० दिने मुढा बनाउने तालिम सम्पन्न भएको छ ।
    जेसीजले सुरु गरेको धुलावारीको जेसीज गाउँका मानिसहरुलाई लक्षित गरी आयोजना गरेको तालिममा सोही जेसीज गाउँका मानिसहरुको सहभागिता रहेको थियो ।
    संस्थाको आफ्नै लगानीमा भएको तालिममा शान्ति राईले प्रशिक्षण दिएकी थिइन् । तालिममा ३० घरको सहभागिता रहेको थियो ।
    सोही अवसरमा उनलाई संस्थाले सम्मान समेत गरेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले आगामी वर्षका वजेटमा यस क्षेत्रका व्यक्तिहरुलाई रोजगार मुलक सीपमा अघि बढाउन नगरपालिकाले विषेश सहयोग गर्ने बताए । उनले तत्कालका लागि आफ्नो व्यक्तिगत ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
    जेसीजकी शाखा अध्यक्ष सुनिता पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष कविता शर्मा, मानार्थ सदस्य सीता गुरुङलगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रम संयोजक शुसिला खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्जु खनालले सञ्चालन गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…