• उर्लाबारीका व्यवसायीहरु माझ चिरपरिचित नाम हो,युवा व्यवसायी प्रितम खड्गी । यसअघि उर्लाबारी उद्योग वाणिज्य संघको महासचिव पदको जिम्मेवारी कुशलता पूर्व सम्हालिनु सक्नुभएका खड्गी यहि भदौ ११ गते हुने वाणिज्य संघको चुनावमा लागि अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । २००४ को उर्लाबारी जेसीजका अध्यक्ष एवं नेपाल जेसीजको २००९ को राष्ट्रिय अध्यक्ष पनि हुनुभयो । खड्गी हाल मोरङ सुनचाँदी व्यवसायी संघ केन्द्रीय समिति उर्लाबारीका अध्यक्ष र लायन्स क्लवको समेत सदस्य हुनुहुन्छ । सुरुवाती दिनमा सडकमा कपडा ब्यापार आउनुभएका गर्दै उहाँ हाल भरत ज्वेलरी सुनचाँदी पसल सन्चालन गरिरहनुभएको छ । व्यापारीहरुको हकहितका लागि सदैब लागि रहने खड्गी उर्जाशिल र जुझारु युवा भनेर पनि परिचित हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार बन्नु भएका खड्गी सँगको जम्काभेट -

    –उर्लाबारी उद्योग वाणिज्य सङ्घको निर्वाचनले निक्कै ब्यस्त बनाएको देखिन्छ नि ?
    हो ,यो पटक अलि लामै चुनाव लागिरहेको छ । एक महिना हुनै लाग्यो चुनावी अभियानमा लाग्या । एफएनसीसीआईको सम्बन्धन लिएपछि संघको जिम्मेवारी बढेको छ । हामीले उर्लाबारीमा औद्योगिक लगानीका लागि वातावरण तयार गर्नुछ । उर्लाबारीलाई पूर्वी मोरङको ब्यापारिक हबका रुपमा विकसित गर्नु अर्काे दायित्व छ । यत्रो एक लाख जनसंख्या भएको सहरमा रोजगारी सिर्जना गर्ने उद्योग धन्दा छैनन् । विगतमा भएका कामलाई निरन्तरता दिँदै नयाँ सम्भावना खोज्ने चुनौति छ । त्यसैले पनि यो पटकको चुनावले अलि बढी ब्यस्त बनाएको हो ।

    – रोजगार सिर्जना गर्ने कार्यक्रम चाँहि कस्ता छन् नि ?
    हेर्नुस, विगतमा सरकारले तीन खम्बे अर्थ नीतिको कुरा उठाएको थियो । कार्यान्वयन पक्ष फितलो भयो । त्यही भएर काम केही हुन सकेन । तर अब हामी स्थानीय सरकार(नगरपालिका) नीजि क्षेत्र (उर्लाबारी उद्योग वाणिज्य संघ ) र यहाँका सहकारीबीच सहकार्य गरी कृषि र पर्यटन उद्योग स्थापना गर्ने वातावरण तयार गर्छाैं । सहकारीसँग पैसा भएपनि उचित ठाउँमा लगानी हुन सकेको छैन । लगानी मैत्री वातावरण तयार हुँना साथ धमाधम उद्योग खोल्न सकिन्छ । तीन खम्बे अर्थ नीति कार्यान्वयन भए उर्लाबारी क्षेत्रमा ५÷७ सय रोजगारी सिर्जना हुनेछ । उर्लाबारी नगरपालिकाको ८ नं.र ९ नं. वडामा मत्स्य पर्यटन केन्द्र स्थापना गर्न सकिन्छ । अहिले पनि ती वडामा झण्डै २ सय विगाहामा माछापालन सुरु भएको छ । तर माछापालनमा लागेका ब्यावसायीलाई सरकार र नीजि क्षेत्रले प्रवद्र्धन गर्न सकेको छैन् । उर्लाबारीमा एउटा राम्रो फन पार्क छैन । हाम्रो लाखौं रुपियाँ बाहिर मनोरञ्जनका नाममा गएको छ । औद्योगिक र ब्यावसायिक सुरक्षाको प्रत्याभूति गर्न सकियो भने लगानीकर्ता भित्रिने निश्चित छ ।

    –तर,उर्लाबारीमा उद्योगी ,ब्यापारी सुरक्षित छैन, भनिन्छ नि ?
    हो बेला–बेला असुरक्षित भएको सुनिन्छ । यद्यपि आतंक नै छ भन्ने होइन । त्यही भएर हामीले लगानीकर्ताको सुरक्षामा ध्यान दिइरहेका छौं । सुरक्षा भनेको प्रहरीले मात्र दिने होइन,सामाजिक सुरक्षा, भौगोलिक सुरक्षाको पनि कुरा आउँछ । एउटा ब्यापारी दिन दहाडै कुटिन्छ, वाणिज्य संघ केही बोल्दैन् । उद्योगमा सिल हुन्छ , वाणिज्य संघ एउटा विज्ञप्ति सम्म निकाल्न सक्दैन । एउटा ब्यापारीकोे पसलमा आगो लाग्छ , वाणिज्य संघ अरु ब्यापारीसँग चन्दा उठाउन हिड्छ । अहिले पनि सन्दैछु–चुनावका लागि चन्दा सङ्कलन अभियान सुरु भएको छ,भन्ने । वाणिज्य सङ्घले ब्यापारीले गल्ती गरेको छ भने उसलाई सही बाटोमा हिडाउन प्रेरित गराउनु पर्छ र ब्यापारी अन्यायमा परेको छ भने न्याय दिलाउन पहल गर्नुपर्छ ,भन्ने हाम्रो मान्यता हो ।



    –चुनावका लागि तपाईहरूको लोकतान्त्रिक टिमको एजेण्डा चाहिँ के हुन नि ?
    हेर्नुस ,उद्योग खोल्ने पैसा भएर पनि वातावरण लगानी मैत्री छैन । हाम्रो टिमले उठान गरेको पहिलो विषय नै लगानी मैत्री वातावरण हो । उर्लाबारीमा १०÷११ वटा वाणिज्य बैंकले शाखा विस्तार गरेका छन् । उनीहरू पनि लगानी गर्ने उपयुक्त ठाउँ हेरिरहेका छन् । उर्लाबारीका साथीहरू दमक वा पथरी तिर गएर उद्योग सञ्चालन गर्नु नपरोस ।उर्लाबारीले ३÷४ वर्षयता डम्पिङ साइड निर्माणका लागि जग्गा भेटिरहेको छैन , त्यसैले फोहोर ब्यवस्थापन हाम्रो अर्काे चुनौति हो । खोलाले वर्सेनि दुख दिइरहेको छ । उर्लाबारीमा औद्योगिक पूर्वाधर तयार गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । नगरलाई पूर्वाधार सम्पन्न बनाएपछि लगानी कर्ता आफंै आउँछन् ।अर्काे कुरा घरभाडा र ब्यापारीबीच समन्वयको आवश्यक छ । यसलाई नीतिगत रुपमा सम्बोधन गर्नेछौं । खासगरी एजेण्डा पुरानै छन् । तिनलाई परिणाममुखी बनाउनु पर्छ,भन्ने हाम्रो भनाई हो । उद्योगी, ब्यापारीको ब्यावसायिक हित, प्रवद्र्धन , समय समयमा तालिम, उद्योगी ब्यापारीको स्तरीकरण, विधागत उप समिति निर्माण गर्ने हाम्रो एजेण्डा हुन । त्यति मात्र होइन। अबको ३ वर्ष भित्र हित कोषलाई समृद्ध बनाउने हो । ताकि ब्यापारीको पसलमा आगलागी हुँदा, बाढी पस्दा ,चोरी हुँदा, लुटिदा ब्यापारीले क्षतिपूर्ति पाओेस । हामीले सडकमा मकैपोल्ने,बदाम बेच्ने,जुत्तामा पोलिस गर्ने र फलफुल बेच्नेलाई पनि सङ्गठित गर्ने कार्यक्रम बनाएका छौं । सबै ब्यापारीको अभिलेखीकरण गरेर नगरमा कुन ब्यापारमा कति ब्यावसायिको आवद्धता छ, सो को आधारमा कार्यक्रम सञ्चालन गर्ने छौं ।

    – प्रतिवद्धताहरू कार्यान्वयन होला त ?
    हामी कर्मकाण्डी कुरा गरिरहेका छैनौं । हुन सक्ने र गर्न सक्ने काम मात्र गर्छाैं भनेका छौं । विगतमा अग्रजहरूले ब्यापार संघलाई जग्गा दिलाउनु भयो । दुख गरेर भवन निर्माण गर्नुभयो । अब हामीले वाणिज्य संघ मार्फत आम ब्यापारी र उद्योगीका हक र हितका लागि काम गर्नु पर्ने जिम्मेवारी छ । हामीले एक्लै गर्छाै. भनेका छैनौं । साझेदोर खोज्छौं , स्थानीय सरकार ,प्रदेश सरकार,उर्लाबारीका सहकारी संस्थाहरूसँग सहकार्यका समृद्ध उर्लाबारी बनाउने हाम्रो अभियान छ । नगरका मुख्य चौकमा सीसी टिभी जडान भएको छ । थप ठाउँमा विस्तारको पहल हुनेछ । उर्लाबारीलाई उज्यालो शहर बनाउन नगरका मुख्य –मुख्य चौकमा सौर्य बत्ती जडानको कार्यक्रमलाई अझ बिस्तार गरिनेछ ।

    –ब्यापारीका समस्यामा नेतृत्व पङ्क्तिले खासै चासो देखाएनन भन्ने आरोप लाग्ने गरेको छ नि ?
    त्यही भएर हामीले सधैं ब्यापारी उद्योगीको दुख सुखमा चासो देखाउने हाम्रो टिमलाई मत दिनुहोस भनेका हौं । ब्यापारीका मुख्य समस्या फर्म नबीकरण,पान र भ्याट नवीकरण,भाडामा दोहोरो मापदण्ड , बन्द हड्ताल, चन्दा आतंक र बेला बेलामा हुने अनुगमन हुन । अनुगमन गर्दा मापदण्ड विपरित ब्यापार भएको रहेछ भने हामीले सहानुभुति मात्र प्रकट गर्न सक्छौं । अरु समस्या समाधानका लागि हामी सधैं ब्यापारी साथीहरूको साथ मै हुनेछौं । समय सूचना प्रविधि छ । त्यसैले वाणिज्य संघलाई प्रविधि मैत्री बनाउने छौं । घरेलु तथा साना उद्योग कार्यालय ढिलो चाँडो नगर मै आउने निश्चित छ । पान र भ्याटका लागि हामी राजश्व कार्यालय उर्लाबारीमा ल्याउनु पर्छ भनेर ‘लविङ’ गरिरहेका छौं ।


    अघिल्लो चुनावमा पराजित भएपछि तपाई चुपचाप रहनु भयो भन्ने आरोप छ नि ?
    केही ब्यक्तिहरूले त्यसो भने होला । तर, म सधै उद्योगी, ब्यापारीहरूका साथ मै छु । कुनै उद्योगी ब्यापारीलाई दुख पर्दा सहानुभूति प्रकट गर्न पुगेकै छु ।ब्यापारी र उनका घरका कसैको मृत्यु हुँदा मर्दा मलामी गएकै छु ।साथीहरूको फर्म नवीकरण, लेखापरीक्षण होस, या मैले गर्न सक्ने अरु कुनै सहयोग मैले गरेर पठाएको छु । मोरङ सुनचाँदी ब्यावसायी संघको अध्यक्षका हैषियतले पनि ब्यापारी साथी भन्दा म टाढा छैन । कहिले लायन्स क्लवले त कहिले रेडक्रसले साथीहरू भेटघाट सहकार्य गराइ रहेको छ । विगतमा यही गाउँका बजार बजारमा त्रिपाल ओछ्यार कपडा ब्यापार गरेको ब्यापारी हुँ । कसैका लागि राम्रो गर्न सकिन होला तर कसैलाई पनि बिझ्ने गरी नराम्रो काम गरेको छैन ।

    –तपाईहरूको समूहले चुनाव जित्ने आधार के के हुन ?
    मैले माथि उल्लेख गरेका एजेण्डा नै चुनाव जित्ने आधार हुन् । यसका अतिरिक्त हामी अब हरेक वर्ष उत्कृष्ठ ब्यापारीलाई सम्मान गर्ने परम्पराको थालनी गर्छौं ।हाम्रो टिमले एकल महिला,अपाङ्गता भएका, दलित र ज्येष्ठ नागरिकलाई फर्म दर्ता, नवीकरणमा २५ देखि ५० प्रतिशत सम्म छुटको ब्यवस्था मिलाउने छ । त्यसका अतिरिक्त घरेलु तथा साना उद्योगीहरूको उत्पादनलाई बजारीकरण गर्न प्रत्येक वर्ष उर्लाबारीमा कृषि,घरेलु तथा साना उद्योगी मेलाको आयोजना गर्नेछौं ।

    –अन्त्यमा केही ?
    हामीले उर्लाबारी ब्यापार संघलाई उद्योग वाणिज्य सङ्घको रुपमा ल्याई पुर्याएका छौं । तीन दशक लामो इतिहासमा संस्थागत विकास गर्ने सबै प्रति नमन गर्छु । केही साथीहरू विगतका अध्यक्षहरूलाई अपमान गरेको सुनेको छु । तर , हामी अग्रजलाई सम्मान गर्दै वर्तमानलाई अवसरका रुपमा लिएर अघि बढ्ने प्रढ गर्छौं । यहाँ सम्म आइपुग्दा संस्थाको विकास र उन्ननयनमा योगदान पुर्याउने सबै सम्झन चाहन्छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…