• ईटहरी । संघीय लिम्वुवान मंचका अध्यक्ष कुमार लिङ्देनले २ नम्वर प्रदेशको नामाकरण गरेर मात्र १ नम्वर प्रदेशको नामाकरणको माग गरेका छन् ।
    सोमवार पहिचानको आधारमा प्रदेशको नामाकरणको लागि दवाव दिन आयोजित ईटहरी विराटनगर मार्चपास कार्यक्रमलाई सम्वोधन गर्दै नेता लिङ्देनले सो बताएका हुन् । दुई नम्वर प्रदेशको नाम मधेशीको पहिचानको आधारमा हुने भएकोले त्यसको प्रभाव अरु नपरोस् भन्ने हेतुले सरकार पहिला अन्य प्रदेशको नामाकरणमा लागेको अध्यक्ष लिङ्देनले बताएका छन् । सरकार र मधेशी बीच अघोषित रुपमा दुई नम्वर प्रदेशको नामाकरण अन्तिममा गर्ने अघोषित सम्झौता भएको संकेत गर्दै लिङ्देनले पहिले २ नम्वर प्रदेशको नामांकन पहिले गर्न माग गरेका हुन् । १ नम्वर प्रदेशको नाम लिम्वुवान किरात राख्नु पर्ने लिंदेनले बताएका छन् । प्रदेश नं. १ को नाम कोशी सगरमाथा राखेमा युद्ध शुरु हुने चेतावनी दिएका छन् ।प्रदेशको नाम सगरमाथा र कोशी राख्नु भन्दा १ नम्वर नै रहनु पर्ने उनको धारणा थियो । मार्चपास कार्यक्रममा हजारौं लिम्वुवान कार्यकर्ताहरु सहभागिता रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…