•  २०७५ भाद्र ०४ सोमबार

    ताप्लेजुङ / ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाको कार्यालय भवन कहाँ राख्ने भन्ने विषयको विवाद  चुलिदैं गएको छ ।

    गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकाको भवन डाडाँगाउँ भन्ने स्थानमा राख्ने निर्णय गरेपछि त्यस निर्णयको विरुद्धमा गाउँपालिकाबासी आम जनताहरु ससक्त रुपमा विरोधमा उत्रिएका हुन् ।

    त्यहाँका स्थानीयले गाउँपालिकाको भवन पुर्णे डाडाँ बजारमा राख्नु पर्ने माग राख्दै पटक पटक आन्दोन गर्दै आएको हो । पुर्णे डाँडाँ बजार र डाडाँगाउँ
    झन्डै २ किलोमिटर दुरीको फरकमा रहेको छ ।

    आम गाउँपालिकाबासीहरुले पटक पटक स्थानीय जनप्रतिनिधिहरुलाई सुझाप दिंदा, गाउँपालिकाको कार्यालय भवन पुर्णे डाडाँ बजारमा राख्दानै
    सबैको भलाई र वैज्ञानिक हुने भन्दै आफ्नो माग आगाडी सारेको हो ।
    स्थानीयबासी बताउछ, यद्दपी त्यसकुरालाई वेवास्ता गरेको भन्दै स्थानिय संर्घष समिति बनाएर आन्दोलन गर्नु परेको हो ।

    आफुँहरुले उचित र सबैको भलाई हुने मागहरु अघि सार्दा समेत गाउँपालिकाले आफुहरुको मागलाई वेवास्ता गरेको भन्दै स्थानिय पुर्नेडाँडा वजारवासी आक्रोसित बनेका हुन् ।

    पुर्णेडाँडा वजार वन्द तथा गाउँपालिकाको कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रम रहेको संर्घष समितिका संयोजक विष्णु लिम्बुले रातोकलामलाई जानकारी दिएको छ ।

    आफुहरुको माग पुरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने संयोजक लिम्बुले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…