• झापा । झापाका स्थानीय तहका प्रमुख जनप्रतिनिधिहरुले जल, जङ्गल र जमिनका विषयमा थुप्रै विवादहरु कचल्टिएर बसेको बताएका छन् ।

    प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आइतबार बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय अभिमुखी गोष्ठीमा सहभागी स्थानीय तहका अधिकांश प्रमुख तथा उप–प्रमुखहरुले उत्पन्न विवादहरु समाधान गधेरुैर्न चुनौती रहेको बताए ।

    भू–माफियाका कारण सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चलखेल बढेको, जङ्गल फडानी गरेर बसोबास गर्ने लगायतका थुप्रै समस्याका कारण समुदायमा विवाद उत्पन्न हुने गरेको उनीहरुको भनाइ छ ।

    गोष्ठीमा मेचीनगर प्रमुख विमल आचार्यले प्राकृतिक स्रोत कब्जा गर्ने प्रवृत्ति बढेको बताए । उनले सार्वजनिक सम्पत्ति संरक्षण गर्नुको सट्टा व्यक्तिको स्वामित्वमा पार्ने चलखेल बढेकाले यसले समुदायमा द्वन्द्व उत्पन्न गराएको बताए ।

    ‘प्राकृतिक स्रोतमा उत्पन्न द्वन्द्व एउटा तहको मात्रै समस्या होइन,’ उनले भने, ‘यो सबैतिरको समस्या हो, यसलाई समाधान गर्न साझा प्रयास जरुरी हुन्छ ।’

    बिर्तामोड नगरपालिका उप–प्रमुख पवित्रा प्रसाईंले डोमालाल रङ्गशालाको विवाद समाधान गर्न नसकिएको बताइन् । उनले भू– माफियाका कारण रङ्गशालाको जग्गा व्यक्तिको नाममा कब्जा गरिएपछि नगरपालिकालाई टाउको दुखाईको विषय बनेको बताइन् ।

    कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले खोला, जङ्गल र जमिनहरु व्यक्तिको नाममा दर्ता गराउने क्रम बढेको बताइन् । उनले यस्ता गलत प्रवृत्तिले गर्दा समुदायमा द्वन्द्व निम्तिने गरेको बताइन् ।
    यस्तै, झापा गाउँपालिका उपाध्यक्ष कुन्तादेवी बुढाथोकीले जल, जमिन र जङ्गल हाम्रा साझा सम्पत्ति भएकाले कडा कानुन बनाएर यसमा गिद्धे दृष्टि लगाउले जोकोहीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताइन् ।

    गोष्ठीमा सहभागी जिल्ला अदालत झापाका न्यायाधीश उद्धवप्रसाद भट्टराईले समुदायबाटै भएका विवादहरुको समाधान दीगो हुने गरेको बताए । उनले समुदायमा विवाद समाधान हुन सकेनन् भने अदालतबाट मात्रै त्यो सम्भव हुन नसक्ने बताए ।

    ‘थुपै विवादहरु समुदायबाटै मेलमिलाप भएका घटना समाज छन्,’ उनले भने, ‘हामीले समाधान गर्यौँ भन्छौँ, वास्तवमा त्यो समाधान होइन रहेछ, समुदायबाटै गरिएका विवाद समाधानमा दुवै पक्षको जित हुन्छ ।’ उनले अदालतबाटै मुद्धा मिलाउनु पर्छ भन्ने मानसिकता त्याग्नु पर्ने बताए । न्यायाधीश भट्टराईले विवाद समाधान गर्ने निकाय समाज, स्थानीय तह नै भएको प्रष्ट पारे ।

    गोष्ठीमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति सङ्गीता थापाले संस्थाले गरेको गतिविधिका बारेमा जानकारी गराएकी थिइन् । उनले सबै पक्षको समन्वयमा उत्पन्न विवादको दीगो समाधान खोज्ने काम भइरहेको बताइन् । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षमा भएको गोष्ठीमा झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकाल, जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदी लगायतको पनि उपस्थिति रहेको थियो । संस्थाका सहजकर्ता मानबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन छत्र पौडेलले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…