• उर्लाबारी । चन्द्रबहादुर भट्टराई (भरत), उर्लाबारी क्षेत्रका उत्साहित एवम् जागरुक व्यापारी, व्यवसायी एवम् उद्यमी हुनुहुन्छ । उहाँको सामाजिक छवि समेत उँचो रहेको छ । व्यापारी, व्यवसायीबीच सुपरिचित भट्टराई उर्लाबारीका प्रतिष्ठित व्यवसायीको रुपमा गनिनुहुन्छ । असल, कुशल र सफल व्यवसायी भरत उर्लाबारी–७ बरगाछीमा रहेको भट्टराई मार्केटिङ तथा भट्टराई गहना सेन्टरका सञ्चालक हुनुहुन्छ । केन्द्र र प्रदेशमा समेत आफ्नो पहिचान बनाइसकेका चम्किला चन्द्रबहादुर नेपाल उद्योग वाणिज्य महासंघ १ नं. प्रदेश सदस्य तथा रत्न आभुषण समितिका संयोजक हुनुहुन्छ ।

    विभिन्न देशको भ्रमण गरी उद्योग व्यापार सम्बन्धी अनुभव संगाल्नुभएका भट्टराई हाल उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष समेत हुनुहुन्छ । पहिलेको दुःख पछिको सुख भने झै उहाँको विगत विभिन्न उतावचढाव र संघर्षमै वितेका थिए । ऊनको व्यापारदेखि लिएर सुनको व्यापार गर्नसम्म पुग्नुभएका भट्टराई सफल व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । धार्मिक, सामाजिक, खेलकुद र शैक्षिक लगायतका क्षेत्रमा उहाँले गर्दै आउनुभएको आर्थिक सहयोग प्रशंसनीय रहेको छ । यसको पछिल्लो उदाहरणको रुपमा उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरलाई उहाँले नगद ५० हजार सहयोग गर्नुभएको छ । संघको यहि भदौ ११ गते हुने निर्वाचनमा उहाँले पुनः अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

    आफू अध्यक्ष रहँदा संघको उन्नति र प्रगतिका लागि अहोरात्र खटेर कार्य गरेको र अब बाँकी कार्य सम्पन्न गर्न पुनः आम व्यापारी, व्यवसायीको सल्लाह बमोजिम उम्मेद्वार बनेको उहाँले बताउनुभयो । सधैं व्यापारी, व्यवसायीका हित र सकारात्मक प्रगति चिताउने उहाँले व्यापारी, व्यवसायीका थुप्रै समस्याको समाधान, हक अधिकार र संघको दर्विलो कार्य व्यवस्थापन गर्ने अठोट लिनु भएको छ । उहाँले व्यापारी र संघको हितकारी कार्यलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतिबद्धता समेत अगाडि सार्नु भएको छ । व्यापारीहरुलाई औद्योगिक व्यवसायिक भ्रमण गराउने, प्रदेश र केन्द्रमा पहल गरी उर्लाबारीलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउने, सबै खाले करलाई व्यवस्थित गर्न पहल गर्ने, बजारलाई सफा सुन्दर र हराभरा पार्ने, चन्दा, बन्द हड्तालको अन्त्य, नगरपालिकासँग सुमधुर सम्बन्ध निर्माण जस्ता व्यापारीकै हकहितका मुद्दा अगाडि लिएर हिँडेको उहाँले बताउनुभयो ।

    आफ्नो कार्यकालमा दुर्गापुरी, उर्लाबारी, मंगलबारेका व्यापारीलाई सम्बन्धित ठाउँमै गएर तालिम गराएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि व्यापारीलाई विभिन्न तालिम प्रशिक्षण, कर, नापतौल, लेखा सम्बन्धी सहज र सरल रुपमा व्यवस्थापन जस्ता जल्दा बल्दा समस्या पुरा गर्ने लक्ष्य लिनु भएको छ । यस्तै, उर्लाबारीलाई उज्यालो शहर बनाउने आफ्नो योजना रहेको सुनाउँदै उहाँले भन्नुभयो, ‘नगरपालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सुन्दर, सफा र उज्यालो शहर बनाउने अवधारणा लिएको छु ।’ शहरका विभिन्न स्थानमा सीसी क्यामेरा तथा सोलार बत्ती जडान गर्दै निर्धक्क र भयरहित रुपमा व्यापारीलाई व्यापार व्यवसाय गर्ने वातावरण बनाउने प्रतिबद्धता भट्टराईले अगाडि सार्नुभएको छ । उहाँले संघको दिगो विकास र अन्य संघसंस्थाको हितकारी सामाजिक कार्यमा प्रतिबद्ध भएर अगाडि बढ्ने संकल्प गर्नुभएको छ ।

    सबै व्यापारीलाई समान रुपमा कुनै स्वार्थ र पूर्वाग्रह नराखी उनीहरुकै सरसल्लाह सुझाव लिएर उर्लाबारीलाई एउटा नमुना शहरका रुपमा विकसित गर्न अहोरात्र खट्ने जनाउँदै उहाँले संघमा आवद्ध नरहनु भएका व्यापारी व्यवसायीलाई सदस्यता लिन प्रोत्साहन गरी सदस्यता विस्तार गर्ने, संघको विकासका लागि तीन वटै तहमा समन्वयकारी भूमिका खेल्ने दृढता लिएको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…