• रूपेन्द्र शेर्मा
    उर्लाबारी, ५ भदौ ।
    जनगुनासो र जनचासोलाई सम्बोधन गर्र्दै मोरङको उर्लाबारी नगरपालिकाले कर घटाएको छ । नगरपालिकाले मंगलबार विशेष नगरसभाबाट अनुमोदन गरी कर योग्य सम्पति कर, सिफारिस, व्यावसायिक फर्म, व्यक्तिगत घटना दर्ता, कृषि, उद्योग, पशुपालनलगायतमा शुल्क घटाएको हो । कर घटाउने सम्बन्धमा सोमबार नै नगर कार्यपालिकाको बैठकले निर्णय गरेको थियो ।
    नगर प्रमुख खड्ग फागोले जनताको समस्या र गुनासालाई मध्यनजर गर्दै करको साविक दरमा संशोधन गरिएको बताउनुभयो । नगरपालिकाले सम्पति करतर्फ रु.२५ लाखदेखि ५० लाखसम्म प्रति लाख रु.१५ रहेकोमा रु.१०, रु.५० लाखदेखि ७५ लाखसम्म प्रतिलाख रु.२० रहेकोमा रु.१०, रु.७५ लाखदेखि एक करोडसम्म प्रति लाख रु.३० रहेकोमा रु.१५, रु.एक करोडदेखि दुई करोडसम्म प्रतिलाख रु.३५ रहेकोमा रु.२२, रु.दुई करोडदेखि तीन करोडसम्म प्रति लाख रु.३५ रहेकोमा रु.२८ तथा रु.तीन करोडदेखि पाँच करोडसम्म प्रतिलाख रु.३५ रहेकोमा रु.१५ दशमलब २५ कायम गरिएको नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा फागोले जानकारी दिनुभयो ।
    त्यसैगरी नगरपालिकाले अंग्रेजी भाषा सिफारिस दस्तुर रु.८०० बाट रु.७००, ३५ दिनपछि व्यक्तिगत घटना दर्ता गराएमा रु.१५० देखि घटाएर रु.५० कायम गरेको छ ।
    त्यसैगरी व्यवसाय कर तर्फ रिक्सा साइकल मर्मत सफारी समेत ‘क’ को शुल्क रु.१५०० रहेकोमा रु.७००, रिक्सा साइकल मर्मत सफारी समेत ‘ख’ को शुल्क रु.एक हजार रहेकोमा रु.५००, ब्याट्री चार्जर पसल शुल्क रु.दुई हजार रहेकोमा रु.एक हजार, कलर ल्याब, फ्ल्यास प्रिन्ट सेवा शुल्क रु.५००० रहेकोमा रु.४००० कायम गरिएको छ । त्यसबाहेक नगरपालिकाले बिभिन्न व्यावसायिक, कृषि, उद्योग, पशुपालन फर्मलगायतमा समेत कर घटाएको छ ।
    नगरपालिकाले चालु आर्थिक बर्ष २०७५/०७६ को हालसम्म सबै वडाहरु, विषयगत शाखाहरु तथा नगरपालिकाका सम्पूर्ण शाखाहरुलाई अख्तियारी दिई काममा तिब्रता दिएको, नगर कार्यपालिकाको कार्यालय भवनको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको, ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन तथा संकलन गर्ने दहत्तर तथा बहत्तर शुल्कमा संकलन ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशन गरिएको, नगरपालिकाबाट स्वीकृत कार्यविधि, ऐन, नियम बोमोजिमका सम्पूर्ण समितिहरु गठन गरिएको, जनमुखी दररेट स्वीकृत गरी आव २०७५/०७६ का लागि लागू गरिएको, मजदुरको ज्यालामा बृद्धि गरिएको, ढुङ्गा, गिट्टी, बालुवाको दररेट घटाई लागतमैत्री बनाइएको, नगरपालिकाको कार्यालयमा स्थानीय जनताको सूविधालाई ध्यानमा राखी टोल फ्री नं.१६६०२१४२००० राखिएको फागोले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…