झापा । व्यक्तित्व तथा नेतृत्व विकासको क्षेत्रमा अग्रणी काभ्रे जेसीज र काभ्रे महिला जेसीजको सयुंक्त आयोजनामा भएको समुदायमा जेसीज २०१८ अन्तरगतका कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका जिल्ला समन्वय अधिकारी कोमलप्रसाद धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा म्याराथुन, वक्तृत्वकलामा विजयी हुनेलाई पुरस्कृत गरिएको थियो ।
समुदायमा जेसीज अन्तरगत काभ्रे जेसीजले आयोजना गरेको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्यासागर अंग्रेजी माविकी सुस्मिता चौलागाई प्रथम, बालनिकेतन माविकी मनिषा थापा दोस्रो र काभ्रे माविकी प्रशुना दाहाल तेस्रो भए । उनीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी चित्रकला प्रतियोगितामा एस ओएस हर्मन माइनर स्कुलका सुनिल श्रेष्ठ प्रथम, नाइटिङ्गेल माविकी प्रतिमा धौगोडा दोस्रो र इनोभेटिभ एकाडमेीका प्रतिक मानन्धर तेस्रो भए ।
मावि स्तरी म्याराथुन दौडको छात्रातर्फ आयुषा भुजेल प्रथम, निशा तामाङ दोस्रो र प्रशंसा थापा तेस्रो भए । छात्रतर्फ प्रवेश राई प्रथम, सजित लामा दोस्रो र सुशिल चौलगाई तेस्रो भए ।
काभ्रे जेुसीजका अध्यक्ष उमेश मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर विकास मानन्धर, काभ्रेपलाञ्चोक जिलला वचत तथा ऋण सहकारी संघका सचिव उदयराम कायस्थलगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । बुद्धलक्ष्मी शाक्यले आस्था पाठ गरेको कार्यक्रमको स्वागत काभ्रे महिला जेसीजकी अध्यक्ष जमुना मानन्धर र विजेश मुल्मीले सञ्चालन गरेका थिए ।