कविता शर्मा
आमा माइली दिदीलाइ त पेट भित्रै मारेउ मारेउ
साइली दिदी लाई पनि मारेउ
कति भाग्यमानी ती दिदी हरु
आफ्नै आमाको पेट भित्र मर्न पाए
ठुलि दिदी कसरि जन्मिछे
तर दुर्भाग्य तेस्को आफन्त बाटै जिउदै
पटक पट रेटिदैछे रे
आमा त्यसको चिच्याहट म खप्न सक्दिन
तिमीले कसरी खपेकी छौ
त्यसका रगतका आँसु म सहन सक्दिन
त्यसको पागल पन म हेर्न्सक्दिन
तिमी कसरी सक्छौ
किन यति क्रुर छ्न मेरा आफन्त र
सिनोको भोका हरु
आफ्नै छोरीको रगत पिएर डकार्दै छ्न
बृद्ध हजुरामा पनि नछोडी डकार्दैछ्न
सिनोका भोकाहरुको हुल बड्यो आमा
तिम्रा हातका नग्रा हरुले फोडिदेउ ती
सिनो खाने गिद्धरुका अँखा हरु
मरणी देबि लाई बोक्सिको आरोप मा
मल मुत्र कोच्याउने यो समाजका सिनो
खाने गिद्धहरुलाइ किन सक्दैनौ मल मुत्र कोच्याउन
जिउदै मरेको लास सरह जीवन बाचेकि मेरि दिदीलाई हेर्छु
तब मेरो सास रोकिन्छ
आमा मलाई पनि माइली दिदी र साइली दिदिलाइ जस्तै पेट भित्रै मारिदेउ
म यो सिनो खाने गिद्धहरुको सांसर मा आउन चाहान्न आमा आउन चाहान्न