• चुनावको मिति नजिकिदै जाँदा उर्लाबारी उद्योग बाणिज्य संघमा सरगर्मी बढ्दै गएको छ । आगामी भदौ ११ गते हुने चुनावका लागि उम्मेद्वारी मनोनयनसँगै प्रचार तीब्र बनेको छ । संघको कोषाध्यक्ष पदका उम्मेद्वार युवा व्यवसायी सुनिल बोहोराले प्रचारप्रसार तीब्र पार्नुभएको छ । संघको गत निर्वाचनमा कार्यसमिति सदस्य पदमा उहाँले उल्लेख्य मत ल्याएर विजयी हुनुभएको थियो । त्यो ओजलाई कायम राख्दै यसपटक कोषाध्यक्ष उम्मेद्वारी दिनुभएका बोहोरासँगको जम्काभेट :
    व्यापारिक पृष्ठभूमि बताइदिनुहोस् न ?
    म सानै उमेरदेखि व्यापार व्यवसायमा होमिएको हुँ । प्रारम्भमा चिया पसल, सब्जी पसल, किराना पसल, कुटानी पिसानी हुँदै ६ वर्ष अघिदेखि बोहोरा ट्रेडर्स सञ्चालन गर्दै आएको छु । उर्लाबारी–४ आइतबारेमा मेरो बोहोरा ट्रेडर्स पसल सञ्चालनमा रहेको छ । १५ बर्षअघि उद्योग बाणिज्य संघमा आबद्ध भएको हुँ । संघको गत निर्वाचनमा पहिलो पटक सदस्य पदमा उम्मेद्वार बनेको थिएँ, व्यापारी साथीहरुको उल्लेख्य मत पाएर विजयी भएँ ।
    तपाईको कोषाध्यक्षमा उम्मेद्वारी किन ?
    हाल संघको सदस्य रहेर ब्यापारीहरुको हकहितका लागि निरन्तर लागि परेको छु । ब्यापारीहरुको भावना र साथको कदर गर्दै ब्यापारी र ब्यापारको सुरक्षा, हकहित र नगरक्षेत्रको विकास र क्षेत्र बिस्तारका लागि उम्मेद्वारी दिएको हुँ । मैले सबै प्रकारका व्यापारी, व्यवसायीको पिर मर्का बुझेको छु । व्यापारी व्यवसायीहरुलाई एउटै छातामुनी गोलबद्ध सँगै व्यापार र उद्योगहरुको स्तरोन्नति र युवाहरुलाई स्वदेशमै रोजगार गर्ने हौसला प्रदान गर्नको लागि साथै संघको कोषलाई मजबुद, पारदर्शी र सबै व्यापारीको हितमा लगानी गर्न मैले उम्मेद्वारी दिएको हुँ ।

    तपाईका चुनावी प्रतिबद्धता चाहि“ के के छन् ?
    कुनै व्यक्ति विशेषले गरेको भन्दा पनि सामूहिक प्रतिबद्धताले मात्र संघको विकासमा टेवा पुग्छ भन्ने हेतुले हाम्रो एउटा टिमले नै चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छौं । हामीले मुख्य ९ वटा बँुदामा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छौं । नीति निर्माण, कोष, कर, सुरक्षा, उद्योग व्यवसाय प्रबद्र्धन, सम्मान तथा सामाजिक दायित्व, हाटबजार व्यवस्था, आयश्रोत र कार्यालय व्यवस्थापन जस्ता मुख्य मुख्य एजेण्डामा रहेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छौं । संघमा विशुद्ध व्यापारी तथा उद्योगीहरुलाई मात्र सदस्यता प्रदान गर्ने, एकल महिला, अपांगता भएका, ज्येष्ठ नागरिकहरुलाई व्यवसायिक सदस्यता प्रदानमा २५ प्रतिशत छुटको व्यवस्था गरिने, घर तथा सटर भाडा नीति तयार गरी कार्यान्वयन गरिने, मृत राहत कोषलाई रु १० हजारबाट बृद्धि रु ३० हजारसम्म पुर्याइने, वर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराईको कार्यकालमा सुरु भएको बिपत् व्यवस्थापन कोषलाई रु १० हजारबाट बृद्धि गरी ३० हजारसम्म पुर्याई विमाको नीति ल्याईने योजना छ ।
    यस्तै, राजश्व, लेखा, मिसम्याच र अन्य कर सम्बन्धी जटिलता हटाउन अडिटरको व्यवस्था गरिने, कर सेवा केन्द्र ल्याउन विशेष पहल गरिने, स्थानीय करहरुलाई छलफल, अन्तरक्रिया गरी न्युनीकरण गरिने हाम्रो प्रतिबद्धता छ । यस्तै, स्थानीय र प्रदेश सरकारसँग पहल गरी सिसी क्यामरालाई उर्लाबारी नगरपालिकाभित्रका मुख्य–मुख्य चोक तथा बजारमा बिस्तार गरिने, रात्रीकालिन व्यापार व्यवसाय बढाउन विशेष सुरक्षाको व्यवस्था, सडक तथा सोलार बत्तीलाई मुख्य ठाउँहरुमा बिस्तार गरिने योजना छ । उद्योगी व्यवसायीलाई अझ मजबुतिकरण गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय मेला महोत्सव भ्रमणमा सहभागी गराइने, कृषि, पर्यटन, उद्योग र व्यापार प्रबद्र्धन गर्न मेला महोत्सवको आयोजना गरिने, सीमसार क्षेत्रको प्रबद्र्धनका लागि होमस्टे, होटलको विकासमा जोड दिइने, एक गाउँ, एक उत्पादन कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघसँग पहल गरी यस क्षेत्रको मुख्य उत्पादनमा जोड दिइनेलगायत प्रतिबद्धताहरु हामीले सार्वजनिक गरिसकेका छौं ।

    तपाईको जित्ने आधारहरु चाहि“ के नि ?
    संघमा युवा नेतृत्व आवश्यक छ । म सानैदेखि विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरेको छु । संस्था कसरी चलायमान बनाउनु पर्छ भन्ने विषयमा धेरै अनुभव रहेको आम व्यापारीहरु जानकार नै हुनुहुन्छ । युवा व्यापारी भएकोले मसँग संघलाई चलायमान राख्ने उर्जा छ । दशकौंदेखिको ब्यापारिक अनुभव सहित चुनावमा होमिएको छु । ब्यापारीसँग प्रत्यक्ष सम्पर्कमा रहेर उनीहरुकै सुझाव, साथ र सहकार्यबाट अघि बढ्ने प्रण गरेको छु । ब्यापारीहरुले समेत इमान्दार, कर्मठ उम्मेदवारलाई जिताउने पक्षमा देखिएकाले उनीहरुको साथ नै मेरो जित्ने मुख्य आधार हो ।

    जित्नेमा कतिको ढुक्क हुनुहुन्छ ?
    ढुक्क नै छु । तरपनि, प्रतिस्पर्धा हो, कसैले कसैलाई कमजोर आँक्न मिल्दैन । जहाँसम्म मेरो कुरा छ युवा नेतृत्व, संघको आवश्यकता र ब्यापारीहरुको चाहना अनुसार नै चुनाव लडेको र उनीहरुको पूर्ण साथ पाएकाले यसपालिको चुनाव आफ्नो पक्षमा रहनेमा बिश्वस्त छु ।

    अर्काे समूह पनि चुनावी मैदानमा छ । विगतमा पनि यस्तै थियो, फेरि समूह बनाएरै किन चुनावमा जानुभएको ?
    संघमा सबैको अस्तित्व स्वीकार्नु पर्छ । तर, हामीले जुन टिम खडा गरेका छौं त्यो समावेशी नै छ । यसलाई कसरी हेरौं भने जो मानिस नेतृत्वमा जान्छ, उसले छुटेका, योगदान दिन सक्ने, सम्मानित व्यक्तित्वलाई समेट्न सक्नुपर्छ । एकता यसैमा भरपर्ने कुरा हो । अब खाडल बढाउनु हँुदैन, अहिलेकै खाडललाई कम गर्नुपर्छ । स्वच्छ प्रतिस्पर्धा गर्ने हो भने दूरी बढ्दैन, कम गर्न सकिन्छ ।
    संघमा आवद्ध व्यापारीहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
    सम्पूर्ण व्यापारी मित्रहरुप्रति मेरो सम्मान छ । हामी संघमार्फत सबै व्यापारीहरुलाई एकसुत्रमा बाँध्ने अभियानमा छौं । मलाई तपाईंहरुले काम गर्न एक कार्यकाल सदस्य बनाउनुभयो, अब कोषाध्यक्ष पदमा पनि व्यापारी, व्यवसायीहरुको साथ, समर्थन र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु । मैले यो पद गरिमामय सम्मानमात्र होइन, जटिल जिम्मेवारी समेत ठानेको छु ।

    अझै पनि कतिपय व्यापारी संघमा आवद्ध हुन सकेका छैनन् नि ?
    हो, अझै धेरै व्यापारी संघमा आवद्ध हुनबाट छुटेका छन् । संघमा आवद्ध व्यापारी व्यवसायीका लागि संघले भरअभरमा सहयोग गर्दै आएको छ । व्यापारीको सुख, दुःखमा साथ दिने छाता संस्था उद्योग वाणिज्य संघ भएकोले व्यापारीहरुलाई म यहिँबाट आवद्ध हुन आग्रह गर्दछु । हामीपनि आफ्नो क्षेत्रबाट पहल गर्दै आएका छौं । गत निर्वाचनमा १२ सय सदस्य रहेकोमा अहिले १८ सय ७६ पुग्नु भएको छ ।

    र, अन्त्यमा ….. ?
    म कुरा भन्दापनि कामलाई विश्वास गर्ने व्यक्ति हुँ । वर्तमान कार्यसमितिका सबै कार्यक्रमहरुमा सहभागी भएको छु । बैठक, भेला मैले छुटाएको छैन, जिम्मेवारी पाए अनुसारका काम पुरा गरेको छु । व्यापारीका सबै खाले समस्या समाधानमा सरिक भएको छु । त्यसैले, फेरि पनि व्यापारीहरुको आग्रह, साथ र बिश्वासले चुनावी मैदानमा ओर्लेको छु । ब्यापारीहरुको चाहना अनुसार काम गर्ने छु । उद्योगी ब्यापारीको हक हितका लागि मलाई साथ दिई कोषाध्यक्ष पदमा मलाई मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।

    अघिल्लो समाचार

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…