खोइ संघीयता ?
हिजो अस्ति सुन्ने गरिन्थ्यो
देशमा संघियता आँउछ
भोकाहरुले पेट भर्न
नांगाहरुले आङ ढाक्न
उपचार नपाएकाले
उपचार पाउन
शिक्षाबाट बंचित भएकाहरुले
शिक्षा पाउन
बेरोजगारहरुले रोजगार पाउन
सुकुम्बासीहरुले जमिन
शोषितहरुले अधिकार पाउन
राज्यले कसैलाई भेदभाव नगर्ने
अनि हाम्रो देश नेपाल
सुन्दर , शान्त, बिशाल
सुखी र खुशी नेपाली हुन
तर
आज सोध्न मन छ
खोइ संघीयता ?
केहो संघियता?
केका लागि बन्यो संघियता?
काहा गयो हामिले सोचेको
सम्झेको संघियता??
खानलाई गाँस छैन
आङ ढाक्ने कपडा खरिद गर्न सकिएन
बेरोजगारिको रोजगार छैन
सुकुम्बासीहरुले जमिन पाएनन
हामी जनतालाई दैनिकी टार्न
मुस्किल हुने
के यहि हो संघियता?
खै संघीयता ?
प्रभास शर्मा