• महोत्तरीको लोहारपट्टी नगरपालिका- ३ स्थित महदैया तपनपुरमा नमाज पढाउने विषयमा विवाद हुँदा १३ जना घाइते भएका छन् । पहिला आफ्नो पक्षलाई नमाज पढाउनु पर्ने भन्दै राजपा र कांग्रेस दुई पक्षधरहरुको विवादले झडपको रुप लिएको स्थानीयले बताएका छन् ।

    बकर इदको नमाज पढाउन हरेक वर्ष भारतबाट मौलवी आउने गरेकोमा यस वर्ष एकजना मात्र मौलवी आएको र काँग्रेस पक्षको नमाज पढाउन लाग्दा राजपा पक्षधरहरुले आएर पहिला हामीलाई पढाउनु पर्छ भनेपछि झडप सुरु भएको घटना स्थलका प्रत्यक्षदर्शीले बताए ।

    ८ वर्षीय बालिकासहित ४ महिला र ८ पुरुष घाइते भएका छन् । उनीहरुको अंचल अस्पताल जनकपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । झडपको खबर पाएलगत्तै रामगोपालपुर, लोहारपटटी र जिल्लाको प्रहरी निरीक्षक समेतको टोली घटनास्थल पुगेको थियो । दुवै पक्षबाट दुई दुई जना झडपका जिम्मेवार व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    समाचार संकलनमा संचारकर्मीलाई अवरोध

    झडपको समाचार संकलन गर्न गएका पत्रकार वावु प्रेम यदुवंशी र धर्मेन्द्र यादवलाई काँग्रेस पक्षधरले हाम्रो पक्षको घाइतेहरुको नाम किन टिपेको भन्दै नाम लेखेको कापी खोस्ने प्रयास गरेका थिए । काँग्रेस पक्षका असरफ नदाफ भन्ने व्यक्तिले नाम लेखेको पाना खोस्न खोजेको पत्रकार वावु प्रेम यदुवंशीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…