• विराटनगर; मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् ।

    यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले रु २४ करोड १७ लाख अन्तशुल्क बुझाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ ।

    मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत अन्तशुल्क बुझाउने गरेको छ । कार्यालयले अन्तशुल्क चुहावट रोक्नका लागि मदिरा उद्योगमा कर्मचारी खटाएर अनुगमनलाई तीव्र पारेको छ । उक्त तीनवटै मदिरा उद्योग ठूला करदाता कार्यालयमा गइसकेका छन् । न्युज २४

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…