• कांग्रेसका स्वर्गीय नेता भरतशमशेर राणाको १३ औं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रजातन्त्रका लागि उनले खेलेको भुमिका अविस्मरणीय रहेको सहभागीले बताएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले मुलुकको ठूल्ठूला आन्दोलनको नेतृत्व गरेको दाबी गरेका छन् ।

    उनले स्वर्गीय नेता राणाको प्रेरणाबाटै पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अगुवाई गर्न सफल भएको बताए । राणाकालिन परिवारमा जन्मेर पनि क्रान्तिकारी व्यक्तित्व भएको उल्लेख गर्दै उनले पञ्चायती व्यवस्था ढाल्न पनि ठूलो योगदान गरेको स्पष्ट पारे ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राणाले गरिब र दलित जनताको मुक्ति आन्दोलनको नेतृत्व लिएको बताए । कांग्रेसलाई लोकतन्त्रको रक्षाकवचको रुपमा अघि बढाउन राणाको नेतृत्वदायी भूमिका रहेको उनको भनाई थियो ।

    नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनलाई अहिलेको अवस्थामा पु-याउन राणाको अतुलनीय योगदान रहेको बताए । राणाकै कारण आफू राजनीतिमा होमिएको पनि उनले खुलासा गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले भरत शमशेरलाई एक संघर्षशील नेताको रुपमा चित्रण गरे । दरबारको सुख त्यागेर राणाले लोकतन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेको राणाले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…