• झापा । छोरीको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन्। बिर्तामोड नगरपालिका–५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

    उनले आफ्नै ८ वर्षिय छोरी सफल्ता कुरुम्बाङ लिम्बुलाई कुटेको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा स्कुल जानुअघि कपाल कोर्न नमानेको भनेर उनले कुटेकी थिइन्। छोरी गम्भीर भएपछि उनी आफैंले अस्पताल लगिन्। उपचारको क्रममा बिर्तासिटी अस्पतालमा उनको मृत्यु भयो।

    प्रहरीका अनुसार पक्राउ परेकी आमा बिक्षिप्त अवस्थामा छिन्। उनले घटनाबारे राम्रोसँग बताउन सकेकी छैनन्।

    उनका श्रीमान बैदेशिक रोजगारीको क्रमका दक्षिण कोरियामा छन्। छोरीको मृत्युको खबर पाएपछि उनी नेपाल आउने प्रक्रियामा छन्।

    इलाका प्रहरी कार्यालय अनारमनीले घटनाको अनुसन्धान अघि बढाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…