• बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    ‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने ।

    महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन । बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ । घटनाबारे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि अनुसन्धान गरिहेको छ ।

    १ भदौबाट लागू भएको नयाँ मुलुकी अपराध (संहिता) ऐनमा १० देखि १४ वर्ष उमेरका बालिका बलात्कार गर्नेलाई १४ देखि १६ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । संहिताको २१९ दफाको उपदफा ३ (ख)मा यो व्यवस्था छ ।१० देखि १६ बर्षका बालिका धेरै बलात्कृत
    प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका बलात्कृत हुने गरेका छन् । त्यसपछि १० वर्ष उमेरसम्मका बालिका बलात्कृत भएको घटना धेरै छन् । १७ देखि १८ वर्ष उमेरका किशोरी बलात्कृत हुने संख्या पनि त्यतिकै धेरै छ । १९ देखि २५ वर्षसम्मका युवती मात्रै होइन, ४५ वर्षभन्दा माथिका महिला पनि बलात्कारको सिकार हुने गरेका छन् ।

    पछिल्लो तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यससध्ये १० देखि १६ वर्ष उमेरका १ हजार ३ सय १३ बालिका बलात्कृत भएका छन् । १० वर्षसम्मका ८ सय २० जना बलात्कृत भएका छन् । १७ देखि १८ वर्ष उमेरका किशोरी ४ सय ५१ जना र २० वर्षमाथिका १ हजार ५ सय १६ जना बलात्कारको सिकार भएका छन् ।

    यसरी भयो घटना
    पीडित बालिका ‘मालिक’को घरमा खुसी थिइनन् । आफ्नै घर गोरखा फर्किन चाहन्थिन् । मंगलबार दिउँसो उनी मालिकको घरबाट निस्किइन् । एक अपरिचित व्यक्तिसँग उनको सम्पर्क भयो । जसले उनलाई गोरखा लगिदिने प्रलोभन दिए र मोटरसाइकलमा राखे । तर, तिनले बालिकालाई गोदावरी जंगल पु-याई बलात्कार गरे र फरार भए । बालिका जंगलमै अलपत्र परिन् । स्थानीयले जंगलमा रोइरहेको देखेपछि उनको उद्धार गरे । त्यसलगत्तै स्थानीयले प्रहरी कार्यालयमा खबर गरे । प्रहरी घटनास्थल पुग्यो र उद्धार ग-यो । अहिले बालिका प्रहरीकै रोहवरमा सेफहाउसमा छिन् । {नया पत्रिकाबाट}

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…