एउटा खुट्टा काटियो अर्कोमा स्टिल १७ लाख तिर्न नसकेर ग्रान्डीमा बन्धक;
चितवन राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं ११ जेठमा मोटरसाइकल दुर्घटनामा परे । भण्डारामै ट्रकले ठक्कर दिएर गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइयो ।
उपचारका क्रममा उनको एउटा गोडामा स्टिल राखिएको छ भने अर्को गोडा काटेरै फाल्नुप-यो । करिब १७ लाख बिल उठेपछि रमेशको उपचार सकिएको छ ।
तर पैसा तिर्न नसकेपछि उनी घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च आफूले तिर्न नसक्नु र यातायात व्यवसायी समितिले पनि नतिरिदिँदा उनी अस्पतालमै बन्दी बनेका छन् ।
उनका दाइ अर्जुन अहिले भाइलाई अस्पतालबाट कसरी छुटाउने भन्ने चिन्तामा छन् । अस्पतालका मान्छे उपचार खर्च नपाई कसरी घर पठाउने भन्छन् अर्जुनले भने, ‘उपचार सकिएर पनि दुई सातादेखि अस्पतालमै छौँ अस्पतालले कहिले घर जान दिन्छ अझै ठेगान छैन ।
पीडितले ट्रकआबद्ध रहेको नारायणी यातायात व्यवसायी समितिसँग पनि उपचार खर्च बेहोरिदिन आग्रह गरे । तर समितिले अहिलेसम्म कुनै तदारुकता देखाएको छैन ।
भाइ रमेश डिप्रेसनमा जाने हो कि भन्ने चिन्ता अर्जुनलाई छ । कसलाई भन्ने कहाँ गएर गुहार गर्ने केही थाहा छैन उनले भने अस्पतालले दिनहु बोलाएर उपचार खर्च तिर्न दबाब दिइरहेको छ ।