काठमाडौँ जिल्लामा रहेको साँखु जेसीजको आतिथ्यतामा यहि भदौ १५ र १६ गते क्षेत्र ‘ग’ को क्षेत्रीय सम्मेलन सम्पन्न हुँदैछ । नेपाल जेसीजको आयोजनामा हुने उक्त सम्मेलनमा यस क्षेत्र अन्तरगत रहेका ३२ वटा शाखासहित देशभरका विभिन्न शाखाका पदाधिकारीहरुको सहभागिता रहने छ । करिब ७ सयको सहभागिता रहने उक्त सम्मेलनको सेरोफेरोमा रहेर आथित्य शाखा साँखु जेसीजका अध्यक्ष सविन श्रेष्ठसँग रातोकलम अनलाइनका देबु बानियाँले गरिएको कुराकानी प्रस्तुत छ ।
१. १५ र १६ गते क्षेत्र ‘ग’ को क्षेत्रीय सम्मेलन गर्दै हुनुहुन्छ । तयारी कस्तो हुँदैँछ ?
क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । स्मारिका प्रकाशनको काम सकिएको छ । कार्यक्रम स्थलको व्यवस्थापन, अतिथि, प्रमुख अतिथि तथा अन्य आगन्तुक अतिथिहरुलाई निमन्त्रण गर्ने काम सम्पन्न भएको छ । प्राविधिक कुराहरु समेत व्यवस्थापन भइसकेको छ । प्रचार प्रसारको पनि निरन्तर चलिरहेको छ । सजावट तथा गेट निर्माणको काम समेत चाँडै भइरहेको छ । अब हामी उद्घाटनको दिनको पर्खाइमा मात्र छौँ । यस सम्मेलनका लागि हामी देशभरका जेसीजमित्रहरुको स्वागतमा पर्खिरहेका छौँ ।
२. क्षेत्रीय सम्मेलनको मुख्य लक्ष्य तथा उदेश्य के हो ?
यो सम्मेलन एरियामा रहेका जेसीज संस्थाहरुको वार्षिक साधारणसभा हो । जसमा एक वर्ष भित्र संस्थाले गरेका गतिविधिहरुलाई प्रस्तुत गर्ने, आगामि दिनका योजनाहरु ल्याउने, नेपाल जेसीजका गतिविधिहरुलाई सार्वजनिक गर्ने हो । साथै एरियाभित्रका शाखाहरुको यथार्थ जानकारी समेत यस सम्मेलनमा हुनेछ । यसका साथै छिमेकी शाखाहरुबिचको सम्बन्धलाई समेत थप मजबुत बनाउन सम्मेलनले सहयोग पुर्याउँछ । यसका साथै स्थानीय स्तरमा रहेका युवाहरुलाई जेसीजप्रति आर्कर्षित गरी नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासका लागि यो सम्मेलन कोषेढुङ्गा सावित हुनेछ ।
३. यस सम्मेलनमा के नयाँ प्रभावकारिता दिँदै हुनुुहुन्छ ?
साखु क्षेत्र आफैमा एउटा पौराणिक तथा ऐतिहासिक क्षेत्र हो । ३३ सय वर्ष पुरानो ऐतिहासिक नगरी साँखु संखरापुरमा यो ऐतिहासिक सम्मेलनले पर्यटन विकासका लागि टेवा पु¥याउने, यहाँका ऐतिहासिक धरोहरहरुलाई प्रचार प्रसारमा रलयाउन सकिने र यो क्षेत्रको विकासमा थप सहयोग पुग्नेछ । जेसीज भन्ने एउटा सक्रिय युवा भन्ने बुझिन्छ । जहाँ त्यो युवा व्यसायिकता बनेको छ । जेसीजले पहिलो प्राथमिकता नै युवालाई व्यवसायिक बनाउने हो । त्यसैले यस सम्मेलनले पनि युवाहरुलाई उद्यमशील बनाउँदै राष्ट्रको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उत्प्रेरित गर्ने छ । साथै जेसीजमा आउने नयाँ सदस्यहरुलाई उत्प्रेरित गर्दै जेसीजप्रति आस्थावान बनाउँदै व्यवसायिक व्यक्ति बनाउन पनि सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।
४. देशभरबाट आउने जेसीजकर्मीहरुका लागि व्यवस्थापन कसरी गर्नु हुन्छ ?
यो सम्मेलन सम्पन्न गर्नका लागि हामीले १३ वटा विभिन्न उपसमितिहरु निर्माण गरेका छौँ । अतिथि सत्कार, मञ्च व्यवस्थापन, खाना व्यवस्थापन, होटल व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका उपसमितिहरु छन् । जसले आ आफ्नो क्षेत्रबाट आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ । यसले गर्दा हरेक काममा सहज भएको छ । यसकारण सम्मेलनमा आउने जेसीजकर्मीहरुका लागि हामीले सकेसम्म सहज होस भन्ने उदेश्य राखेका छौँ । उहाँहरुले कुनै दुःख कष्ट बेहोर्नु नपरोस भन्ने हाम्रो मुख्य लक्ष्य हो । यसका लागि हामीले ७ सयको सख्यालाई पुिग्ने गरी होटलको व्यवस्थापन गरेका छौँ । तर यस भन्दा अघि नै सहभागि हुने जेसीजमित्रहरुको संख्या एकिन भएको भए सहज हुने थियो । यसका साथै सम्मेलनमा सहभागि हुन आउने क्षेत्र ग भन्दा बाहिरका अध्यक्ष ज्यूहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेका छौँ । यसका साथै सम्मेलनमा हामीले भारतबाट ट्रेनर ल्याएर प्रशिक्षण दिलाउने र सोही कार्यक्रममा साँखु क्षेत्रमा रहेको ऐतिहासिक कला संस्कृति देखाउने पनि मुख्य लक्ष्य हो ।
५ यस सम्मेलनले तपाईहरुको शाखालाई के फाइदा पुग्छ ?
कुनै पनि शाखाले सम्मेलन गर्ने अवसर पाउनु अवसर र चुनौती दुवै हो । यहाँ एरिया सि का ३२ वटा शाखाहरुको जमघट हुन्छ । एक अर्का शाखाहरुसँगको सम्बन्ध थप सुदृढ हुन्छ । त्यसमा आफ्नो शाखाले गरेका राम्रा कुराहरुलाई प्रस्तुत गर्ने अवसर समेत मिल्छ । यसका साथै सम्मेलनमा शाखाका लागि केही आर्थिक स्रोत समेत आम्दानी हुनेछ । यसैगरी मुख्य हाम्रो फाइदा भदौँ या हाम्रो लक्ष्य भनेको नै यस साँखु क्षेत्रको विकास गर्नु हो । जसले गर्दाँ हामीले यस ऐतिहासिक क्षेत्रलाई देशभर प्रचार प्रसार गर्न सक्ने छौँ ।
६. यो सम्मेलन गर्नका लागि कति खर्च हुने अनुमान गर्नु भएको छ ?
सम्मेलन सम्पन्न गर्नका लागि करिब २९ लाख खर्चको अनुमान गरिएको छ ।
७. खर्च व्यवस्थापनका लागि आम्दानीको स्रोत के छ ?
हाम्रो खर्चको स्रोत भनेको स्मारिकमा प्रकाशन गर्ने विज्ञापन हो । यहाँबाट आएको आम्दानीले केही खर्च धान्ने छ । यसका साथै पहिलो स्रोत भनेको नै सम्मेलनमा सहभागि हुन आउने सदस्यहरुको रजिष्टेशन शुल्क हो । ३५ सयका दरले सबै सदस्यहरुबाट प्राप्त रकम नै सबै भन्दा ठूलो आर्थिक स्रोत हो । विभिन्न व्यवसायिक संस्थाहरुले सहयोग, नेपाल जेसीजबाट सहयोग प्राप्त । यसैगरी, स्थानीय व्यवसायीहरु, विभिन्न सामाजिक संघ संस्था तथा शुभचिन्तकहरुबाट सहयोग हुनेछ ।
८. अन्त्यमा केही भन्नु छ ?
साँखु जेसीजको यस सम्मेलनमा सन २०१२ मा सफलताका साथ सम्पन्न भइसकेको सम्मेलन पुनः २०१८ मा आयषेजना गर्न पाउँदा साँखु जेसीज निकै नै हर्षित भएको छ । यो सम्मेलनमा सम्पूर्ण नेपाल अधिराज्यभरका जेसीजमित्रहरुलाई स्वागत गर्न तम्तयार रहेको जानकारी गराउँदै यस क्षेत्र ग सम्मेलन तपाईहरुको अविष्मरणीय क्षणको रुपमा रहने विश्वास लिएका छौँ । जसले गर्दाँ यहाँबाट फर्केर जाँदै गर्दाँ तपाईहरुलाई यस्तो अनुभूति हुनेछ कि सम्मेलन त यस्तो पोस भन्ने भावनको विकास गराउने छौँ ।
यो कन्फ्रेन्स काठमाडौँ जिल्लाको साँखु क्षेत्रका लागि ऐतिहासिक अवसर बन्नेछ । यसलाई भव्य रुपमा सम्पन्न गर्नु हामी सबैको उत्तिकै दायित्व रहनेछ । यसैले कन्फ्रेन्समा सहभागि भएर थप हौषला दिनु हुन सम्पूर्ण जेसीज मित्रहरुमा हार्दिक अनुरोध गर्दछु ।