• काठमाडौं; काँग्रेस पदाधिकारीको बैठक आज बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्दै।

    काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवा सिंगापुरबाट फर्केपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो । पदाधिकारी बैठकबाटै शुक्रबारको बैठकको एजेन्डा र विषयहरु छानिने बुझिएको छ ।

    पदाधिकारी बैठकले शुक्रबार बिहान ११ बजे पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नेछ । पदाधिकारी बैठकमा समसामयिक विषयमा कुराकानी हुने भनिए पनि महासमिति बैठकका लागि नै केन्द्रीत भएर एजेन्डा लैजाने स्रोतले बताएको छ ।

    मुख्य सचिव पौडेलका अनुसार शुक्रबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकका लार्गि तयारी समितिहरु बन्नेछन् । मिति नै भने घोषणा हुने छैन ।

    पार्टीमा महासमिति बैठक बोलाउन सभापति इतरको पक्षले जोड दिइरहेको छ । तर सभापति पक्षले भने त्यसलाई केही लम्ब्याउन खोजेको आरोप लगाइएको छ ।

    भदौको मसान्तभित्र महासमिति बैठक बस्ने पहिले सहमति भए पनि अहिलेसम्म मस्यौदा समिति बन्न नसकेको अवस्थामा महासमिति बैठक चाडबाड सकाएर छठपछि नै गर्ने गरी टुंगो लगाउने तयारी भइरहेको स्रोत बताउँछ ।

    मस्यौदा समिति बनिसकेपछि सुझाव लिन केही समय लाग्ने नै छ । जसका कारण महासमिति बैठक समयमै नबस्ने स्रोतको भनाइ छ ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऎनको स्वामित्व र विमतिको पाटो लगायत कर आतंकका विषयमा छलफल केन्द्रीत हुनेछ ।

    डा महतका अनुसार केन्द्रीय सदस्यहरुले पनि खुलेर आफ्ना विचारहरु राख्ने भएकाले यो बैठक उपलब्धीमुलक हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…