• कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको अपराधी वास्तविक अपराधि सार्वजनिक गनुपर्ने विषयलार्इ लिएर सुरु भएको आन्दोलन अनियन्त्रित हुन थालेपछि प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ ।

    जिल्ला प्रशासन कार्यलयमा तीनवटा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलबाट बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फयू लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताएका छन् ।

    उनले कुनकुन स्थानमा कर्फ्यू लगाउने भन्नेबारे छलफल चलिरहेको र केही समयमा निर्णय सार्वजनिक गर्ने बताएका छन् ।यसअघि बिहीबार दिउँसो प्रदर्शनकारीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक र प्रशासनतिर ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर चार प्रदर्शनकारी घाइते भएका थिए।

    कैलाली गाउँपालिका–३ का २४ वर्षीय सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिका–२ भाँसीका ३६ वर्षीय तेजराज भट्ट, भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका १९ वर्षीय अर्जुन भण्डारा र कञ्चनपुरकै किरनप्रसाद पाण्डेय घाइते भएका छन् ।

    नीहरुको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कठरिया, भण्डारा र पाण्डेको खुट्टामा गोलीको छर्रा लागेको छ भने भट्टको टाउको र खुट्टामा गोलीका छर्रा लागेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…