देबु बानियाँ
झापा । नेपाल जेसीजले शुक्रवार एकैदिन ३ वटा कार्यक्रम गर्दैछ ।
वर्ष २०१८ लाई सफल बनाउन विभिन्न कार्यक्रमका साथ अघि बढेको जेसीआई नेपालले शुक्रवार २ वटा साप्ताहि तालिमको उद्घाटन र एउटा युवा जनजागरण अभियान सञ्चालन गर्दैछ ।
यो वर्षदेखि सुरु गरेको साप्ताहिक तालिम अन्तरगत एरिया ‘ए’ मा जनकपुर जेसीजको आतिथ्यतामा जनकपुरमा उद्घाटन हुँदैछ । यसैगरी एरिया ‘सि’ को कृतिपुर जेसीजले आतिथ्यता ग्रहण गरेको छ ।
गत असार १५ गते इटहरीबाट सुरु भएको युवा जनजागरण अभियान देशका विभन्नि शाखा हुँदै एरिया ‘डि’ अन्तरगत रहेको तिलोतमा जेसीजमा आज हुँदैछ । जसको उद्घाटन गर्नका लागि नेपाल जेसीजका राष्ट्रिय अध्यष सिनेटर श्रीधर बस्याल, महासचिव श्रीराम पौडेल, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अशोक शंकर र कानुनी सल्लिाहकार अञ्जनबाबु खत्री कार्यक्रम स्थल पुगेका छन् ।
यसैगरी, साप्ताहिक तालिम अन्तरगत एरिया ‘ए’ को जनकुपुर जेसीजमा सुरु भएको छ । तालिमको उद्घाटन नेपाल जेसजिका कार्यकारीणी उपाध्यक्ष विकास मानन्धरले गरेका छन् । नेपाल जेसीजका प्रशिक्षक मञ्जरी घिमिरेले प्रशिक्ष दिइरहेको जनकपुर जेसीजका अध्यक्ष जितेन्द्र महासेठले बताए । तालिम अन्तरगत शनिवार तरहरा जेसीजमा हुनेछ ।
एरिया ‘बि’ को कृतिपुर जेसीजमा हुँदैछ । प्रशिक्षक राजाबाबु शाह र केदार भण्डा रीले प्रशिक्षण दिइरहेका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदमविक्रम सिंहले बताए । तालिम अन्तरगत शनिवार धापासी र सितापाइला जेसीजले आयोजना गर्नेछ ।