• काठमाडौं । कञ्चनपुर केही दिनदेखि अशान्त छ । हत्यारालाई कार्वाहीको माग गर्दै आन्दोलन गर्दा स्थानीयले प्रहरीको गोली खानु परेको छ ।

    १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पीडितले न्याय खोज्दै जाँदा उनका समर्थकलाई प्रहरीले गोली हान्यो । प्रहरी संयमित भएर घटनाको सत्यतथ्यसम्म पुग्न नखोज्दा घटना हिंश्रक भयो ।

    प्रशासनले स्थानीयमाथि जवरजस्ती गर्दा अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले नै कञ्चनपुर छाड्नु परेको छ । र पनि प्रहरी अझै घटना ढाकछोप गर्न खोजिरहेको छ ।

    प्रहरीले हत्यारा पत्ता लगाउनुको सट्टा नक्कली मानिस खडा गरेको र त्यो नक्कली मानिस पनि मानसिक रोगी भएको भन्दै स्थानीय आक्रोशित छन् ।

    निर्मलाको हत्या र बलात्कार कुनै सद्दे मानिसले बाहेक अरुले गर्नै सक्दैन । प्रहरीले ढाकछोप गर्नु र नेपाल कम्युनिष्ट पार्टीका नेताहरु कुर्लिनुको पछाडि ठूलै खेल भएकोमा दुई मत छैन ।

    निर्मला पन्त हत्या घटनाका विषयमा काठमाडौं आएर गृहमन्त्री र राजनीतिक नेतृत्वलाई भेट्ने नेताहरूले हत्यारालाई बचाउन भूमिका खेलिरहेको बुझ्न सकिन्छ ।

    त्यसको पुष्टि स्वयं नेकपाका असन्तुष्ट पक्षका नेता भीम रावलको अभिव्यक्तिले प्रष्ट पारिसकेको छ । भीम रावलको भनाइले यो हत्या तथा अपराध कुनै एक नेकपाको कार्यकर्ताले गरेको भनी पुष्टि भइरहेको छ ।

    उनले काँग्रेसले अनावश्यक आन्दोलन चर्काएको आरोप लगाएका छन् । नेता रावलले काँग्रेसले हिंसा भड्काएको र पीडितलाई उक्साएको आरोप लगाएका हुन् ।

    हत्यारा पत्ता लगाएर कार्वाही गर्नका लागि दुईतिहाईको सरकार जोडतोडले लाग्नुपर्ने बेलामा नेकपाका नेताहरु हत्यारा बचाउन भूमिका खेलिरहेका छन् ।

    काँग्रेसले सत्यतथ्य छानबिन गर्न माग गरिरहेका बेलामा आन्दोलन दवाउन नेकपाले भूमिका खेलिरहेको स्वयं रावलका गतिविधिले स्पष्टै पार्छ ।

    यो राजनीतिक कि सामाजिक विषय ?  कसैले गल्ती गर्छ भने त्यसको सजाय गल्ती गर्नेले पाउनु पर्छ । निर्मला हत्या तथा बलात्कार सामाजिक विषय हो । यसमा जोसकुै अपराधी भए पनि त्यसले क्षमा पाउँदैन । तर यस्ता हत्यारालाई संरक्षण दिन अहिलेको सरकारका प्रतिनिधिहरु एवं नेताहरु कोही लागेका छन् भने त्यो दुर्भाग्य हो ।

    निर्मला हत्या र बलात्कार यो सामाजिक विषय नै हो । यदि यसलाई राजनीतिक बनाएर फेरि गलत मार्ग अपनाउन खोजेको हो भने रावल पनि शंकाको घेरामा पर्छन् । छानबिनको दायरामा पर्छन् । उनले यस्तो सामाजिक विषयमा पनि राजनीतिक खेल खेल्न लागेका भए उनी आफैमा दुभाग्य भएका नेतामा पर्नेछन् ।

    अहिले निर्मलाका हत्यारालाई कार्वाही गर्नका लागि कञ्चनपुर नेकपाका कार्यकर्ता पनि अग्रपंक्तिमै छन् । तिनलाई पनि रावलले काँग्रेस बनाइदिएर जवरजस्ती सामाजिक अपराधलाई गलत रंग दिन खोज्छन् भने जनताले त्यही अनुसार हिसाब किताब गर्ने नै छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…