देबु बानियाँ
झापा । सुरुङ्गा जेसीजको आतिथ्यतामा यहि भदौ २२ र २३ गते हुन लागेको क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलन अन्तिम तयारीमा पुगेको छ ।
नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तरगत रहेको सम्मेलनको तयारीका लागि आतिथ्यता शाखा सुरुङ्गा जेसीजले तीब्र रुपमा काम गरिहरको छ ।
सम्मेलनकै पूर्व तयारीका लागि आतिथ्यता शाखा सुरुङ्गाको टोली एरिया ‘ए’ अन्तरगत रहेका शाखाहरुको निमन्त्रणाका लागि विभिन्न शाखा पुगको छ । सम्मेलनका निर्देशक वर्ष २०१० का अध्यक्ष कुमारमणि पोखरेलको नेतृत्वमा शाखा अध्यक्ष भीम भट्टराई, पूर्व अध्यक्ष शिव कडेँल, निवर्तमान अध्यक्ष जविन तिम्सिना, सहकोषाध्यक्ष राजु पाठक र साथमा झुम्का जेसीजका अध्यक्ष रविन बरालको टोलीले इनरुवा, झुम्का, इटहरी, इटहरी लेडी, गछिया, दुहवी, दुवही जुनियर, विराटनगर, विराटनगर जुनियर, इटहरी जुनियर जेसीज शाखाहरुको भ्रमण तथा निमन्त्रण गर्ने काम सम्पन्न गरेको छ । यस अघि कोसि पश्चिमका शाखाहरुको निमन्त्रण भइसकेको छ भने अब लेटाङ, पथरी, उर्लावारी र झापाका शाखाहरुको निमन्त्रण गर्न बाँकी रहेको शाखा अधयक्ष भीम भट्टराईले बताए । उनका अनुसार यी शाखाहरुको पनि केही दिन भित्रमा सम्पन्न हुनेछन् ।
कन्काई उद्योग वाणिजय संघको सभाहल हुने सम्मेलनमा मुख्य वक्ताका रुपमा प्राध्यापक डाक्टर सुरेन्द्र केसी, राजनितिक विश्लेषक पुरञ्जन आचार्य र साहित्यकार उज्जवल प्रसाई रहेका सम्मेलनका डाइरेक्टर कुमार पोखरेलले बताए ।
हालसम्म सम्मेलनका बारेमा औपचारिक रुपमा नेपाल जेसीजलाई जानकारी गराइसकिएको छ । सम्मेलनमा सम्मेलन स्मारिका प्रकाशन गर्ने तयारी गरिएको छ । जसको काम पनि अन्तिम चरणमा पुगेको छ ।
यस क्षेत्रमा रहेका ३७ वटा शाखाका सदस्य तथा अन्य शाखाका सदस्य गरेर ६ सय ५० देखी ७ सयसम्म जेसीजकर्मीहरुको यस सम्मेलनमा सहभागि हुने अनुमान गरिएको शाखा अध्यक्ष भीम भट्टराईले बताए ।
सम्मेलनमा आउने जेसीजकर्मीहरुलाई पहिले झापाको पर्यटकीय तथगा धार्मिक स्थलहरु कोटीहोम, जामुखाडी सिमसार र धनुसकोटी धामको भ्रमण गराइने अध्यक्ष भट्टराईले जानकारी दिए ।