• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि नेपालमा लगाइएको कर संसारमै सस्तो भएको सार्वजनीक रुपमै बोलाका थिए । ओलीको सो भनाइ सँगै नेपालमा करको विषयले व्यापक चर्चा पाएको छ ।

    आधिकारिक विवरणहरुले भने ओलीको भनाइ गलत रहेको गलत देखाएको छ । विवरण अनुसार नेपाल दक्षिण एसियामै सबैभन्दा महँगो कर लाग्ने देश बन्न पुगेको छ ।

     नेपालले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४-७५ अनुसार नेपालमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा लाग्ने कर २३.१ प्रतिशत रहेको छ ।

     विकिपेडियाका अनुसार यो कर दक्षिण एसियाकै सबैभन्दा बढी हो । दक्षिण एसियामा माल्दिभ्सको जीडीपीको आधारमा लाग्ने कर २०.५ प्रतिशत रहेको छ । नेपालपछि सबैभन्दा बढी कर लाग्ने मुलुक माल्दिभ्स हो ।

    त्यसैगरी भारतमा १७.७ प्रतिशत कर लाग्ने गरेको छ । त्यस्तै पाकिस्तानमा ११ प्रतिशत, अफगानिस्तानमा ६.४, बंगलादेशमा ८.५, भुटानमा १०.७, श्रीलंकामा ११.६ प्रतिशत कर लाग्ने गरेको छ ।  यसले दक्षिण एसियामा नेपाल सबैभन्दा बढी कर लाग्ने मुलुक रहेको पुष्टि गर्छ ।

    विश्वको सबैभन्दा बढी कर लाग्ने मुलुक नर्वे हो । यहाँ ५४.८ प्रतिशत कर लाग्ने गरेको छ । फिनल्याण्डमा ५४.२ प्रतिशत कर लाग्ने गरेको छ । डेनमार्कमा पनि ५०.८ प्रतिशत करको व्यवस्था रहेको छ ।

    चीनमा २०.१ प्रतिशत करको व्यवस्था रहेकोमा अमेरिकामा २६ प्रतिशत करको व्यवस्था छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…